राजनीति
-
२०७७ श्रावण १, बिहिबार
बिनानिष्कर्ष सकियो त्रिपक्षीय छलफल • ओलीको राजीनामाकाे अडान कायमै
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको त्रिपक्षीय छलफल बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ । बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए । करिब साढे २ घण्टा चलेको...
-
२०७७ आषाढ ३१, बुधबार
विवाद समाधानका लागि ओली र दाहालबीच आज छलफल हुँदै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवाद समाधानका लागि आज छलफल हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलको समय भने तय भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ। इतिहासकै बलियो शक्ति आर्जन भएर बनेको सरकार सबैभन्दा कमजोर अवस्थामा पुगेका बेला नेकपाका दुई अध्यक्षबीच पार्टी र सरकारलाई चलायमान बनाउने गरी...
-
२०७७ आषाढ ३१, बुधबार
प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छैन : सचिवालय
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उहाँको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार विज्ञप्ति जारी गरी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न झुटो समाचार सम्प्रेषण गरेको जनाउनुभएको हो । तथ्यहीन सामग्रीलाई आधार मानेर समाचार बनाई...
-
२०७७ आषाढ ३१, बुधबार
यातायात क्षेत्रको समस्या समाधानमा भूमिका खेलिदिन देउवालाई आग्रह
काठमाडौँ : यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन् । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले बुधबार संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय...
-
२०७७ आषाढ ३१, बुधबार
विप्लव समूहका नेता ओमप्रकाश पुन पक्राउ
काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका– ७ बेलीबाट बुधबार कटुवा पेस्तोल सहित उनी पक्राउ परेका हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का केन्द्रिय सदस्य तथा सेती महाकाली व्युरो ईन्चार्ज हुन् । पुनसँगै अखिल नेपाल महिला संगठन...
-
२०७७ आषाढ ३०, मंगलबार
प्रधानमन्त्रीको अयोध्याकाे अभिव्यक्तिलाई लिएर भारतमा चर्काे आलोचना
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या सम्बन्धमा दिएकाे अभिव्यक्तिकाे भारतमा पुनः आलोचना भएकाे छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा चर्को आलोचना शुरु भयो । सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको र भारतले साँस्कृतिक अतिक्रमण गरेको...
-
२०७७ आषाढ ३०, मंगलबार
वरिष्ठ कम्युनिष्ट नेत्री थापाको निधन
हेटौँडा : वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा ९एमाले०का सल्लाहकारसमेत रहनुभएकी थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा ९माले०को सेल्टरदाताका रूपमा चर्चित हुनुहुन्थ्यो । लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा...
-
२०७७ आषाढ २९, सोमबार
जनता समाजवादी पार्टीलाई आयोगको आधिकारिक पत्र
काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाललाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरेको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी, नेपाल केही दिनअघि निर्वाचन आयोगमा दर्ता भएको थियो । दर्ता प्रक्रिया पूरा भएपछि आयोगले यी आधिकारिक पत्र पार्टीलाई दिएको जानकारीसहितको विज्ञप्ति प्रकाशित गरिएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा...
-
२०७७ आषाढ २८, आइतबार
संघीय गठबन्धनको आन्दोलन घोषणा, असोज ३ गते संविधान जलाइने
काठमाडौं – पहिचानमा आधारित संघीय गठबन्धले हिजो शनिबार संवाद डबलीको पत्रकार सम्मेलनमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसमा असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउन संविधानको पुस्तक जलाउनेसम्मको आन्दोलन रहेको छ । तीन महिनाअघि कोरोना भाइरसको कारण स्थगन भएको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिन गठबन्धनआबद्ध ९ वटा जनजाति पार्टीहरुका ९ घटकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेपाः राष्ट्रिय...
-
२०७७ आषाढ २५, बिहिबार
बााह्रबिसेमा उद्धार टोली खटाउन देउवाको आग्रह
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गर्नुभएको हो । सभापति देउवाले...
-
२०७७ आषाढ २५, बिहिबार
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौँ : जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको बताइएका छ । गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई...
-
२०७७ आषाढ २४, बुधबार
दुई घण्टामै टुंगियाे ओली-प्रचण्ड वार्ता
काठमाडौं : आन्तरिक कलह टुंग्याउने प्रयास स्वरुप प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै (वान टु वान) भएको वार्ता बिना निष्कर्ष टुंगिएको स्रोतले जनाएको छ। सोमबार र मंगलबार भएका छलफल सकारात्मक भए पनि कुनै सहमति हुन सकेको थिएन्। बुधबारको छलफल दुई घण्टामा टुंगिएको हो। पार्टी...


