राजनीति
-
२०७७ श्रावण २५, आइतबार
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिमा माधव नेपालकाे आपत्ति
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाउनुभएको छ । उहाँले आज अपराह्न ट्विट गर्दै ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकामा कुनै शङ्का बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने...
-
२०७७ श्रावण २५, आइतबार
बुद्धको जन्मभूमिबारे बहस र विवाद गर्नु अनावश्यक : नेपाल
काठमाडाैं – भारतीय अधिकारीहरुले बुद्ध भारतमा जन्मिएकाे भनी दिएका अभिव्यक्तिलाई लिएर नेपालले आफ्नाे आधिकारिक धारणा राखेकाे छ । नेपाल सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आईतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा...
-
२०७७ श्रावण २४, शनिबार
सूर्यविनायकबाट विप्लवका जिल्ला नेता पक्राउ
काभ्रेपलाञ्चोक – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को...
-
२०७७ श्रावण २४, शनिबार
साझा पार्टीको प्रतीकात्मक प्रदर्शन
विजयरत्न असंबरे – साझा पार्टीको उपत्यका विशेष साझा अभियान अन्तर्गत शनिबार ललितपुरको मङ्गलबजार दरबार स्क्वायरमा प्रतिस्थापन कला विद्रोह शिर्षक दिएर देशमा भईरहेको राजनैतिक विसंगतिमाथि गहिरो कटाक्ष प्रहार गरिएको छ । विगतमा वर्षको एकपटक हप्तादिन मनाइने गाइजात्रा पर्वमा सामाजिक र राजनैतिक विसंगतिमाथि व्यङ्ग गरी हाँसोको वातावरण सृजना गरिन्थ्यो भने अहिले ३६५ दिननै नेताहरु हाँसोका पात्र बनिरहेको प्रतीक...
-
२०७७ श्रावण २३, शुक्रबार
अत्यावश्यकबाहेक सर्वोच्चले अरू मुद्दा दर्ता र सुनुवाई नगर्ने
काठमाडौं – सर्वोच्च अदालतले अत्यावश्यक मुद्दा बाहेक अरू मुद्दा दर्ता र सुनुवाई नगर्ने भएको छ । सर्वोच्चका सहप्रवक्ता देवेन्द्रराज ढकालले एक सूचना जारी गर्दै केही दिनका लागि अत्यावश्यक बाहेकका मुद्दा सुनुवाई नहुने जानकारी दिएका छन् । विभिन्न स्थानीय तहले फेरि पनि निषेधाज्ञा जारी गरिरहेको र सर्वोच्चकै एक कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यक बाहेकका मुद्दामा सुनुवाई नगर्ने अदालतले बताएको...
-
२०७७ श्रावण २२, बिहिबार
प्रचण्डका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ। प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिममा रहेकाहरुको परिक्षण बढाइन थालेको छ । सरकारी कार्यालय र विशिष्ट...
-
२०७७ श्रावण २२, बिहिबार
अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग
काठमाडौँ – पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ । त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा शुरु भएपछि विभागले विज्ञसँग छलफल शुरु गरेको प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । विज्ञसँग छलफलपछि स्थलगत रुपमा विज्ञको समूह...
-
२०७७ श्रावण २२, बिहिबार
अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र सङ्क्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।...
-
२०७७ श्रावण २२, बिहिबार
लकडाउनकाे जिम्मा स्थानीय तहलाई
काठमाडौं – सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने स्पष्ट पारेका छन् । कतिपय...
-
२०७७ श्रावण २२, बिहिबार
मन्त्री र सांसदलाई पनि कोरोना संक्रमण
काठमाडाैं – प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको सामाजिक विकास विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । त्यस्तै प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।
-
२०७७ श्रावण २१, बुधबार
अत्यावश्यक कामबाहेक सिंहदरबारभित्र जान नपाइने
काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भन्नुभयो, “अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैनतर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक...
-
२०७७ श्रावण २०, मंगलबार
काेराेना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्ने
काठमाडौं : देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ। साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ। बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ। भारतलगायत देशबाट आउनेलाई सीधै...


