राजनीति
-
२०७७ जेठ १३, मंगलबार
संघीय संसदमा नयाँ नक्सासहितको लोगो राखियो
काठमाडौं - संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो । मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको थियो । नयाँ...
-
२०७७ जेठ १३, मंगलबार
लकडाउनको मोडल फेरिने संकेत
काठमाडौं । टेलिभिजनमार्फत सोमबार साँझ प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै नेपालमा कोरोना भाइरस नियन्त्रणको स्थिति प्रभावकारी रहेको तर यो ढुक्क भएर बस्ने स्थिति नभएको विश्लेषण गरेका छन् । साथै उनले लकडाउनको मोडल परिवर्तन हुने संकेत पनि गरेका छन् । सरकारले घोषणा गरेको लकडाउन जेठ २० सम्म छ । प्रधानमन्त्री ओलीले त्यसअघि मोडल परिर्वतन हुने संकेत गरेका छन् । महामारीको जोखिम न्यून गर्दै आवश्यक...
-
२०७७ जेठ ९, शुक्रबार
निशान छापको नक्सा पनि सच्याइने, संविधान संशोधन प्रस्ताव पेस हुने
काठमाडौं – सरकारले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । संविधानमा रहेको निशान छापमा रहेका नक्सामा लिम्पियाधुरा, कालापानी र...
-
२०७७ जेठ ७, बुधबार
नेपालको नयाँ नक्सा भारतलाई अस्वीकार्य
काठमाडौं – नेपालले जारी गरेको नयाँ नक्सालाई भारतले अस्वीकार गरेको छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समावेश गर्दै बुधबार नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । नेपाल सरकारले सोमबार मन्त्रिपरिषबाट नयाँ नक्सा पारित गरेको थियो । भारतीय विदेश मन्त्रालयले बुधबारै विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्साबारे प्रतिक्रिया दिएको हो । ‘एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित...
-
२०७७ जेठ ६, मंगलबार
ओलीको प्रश्न भारतलाई : सत्यमेव जयते कि सिंहमेव जयते ?
काठमाडौं – प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका छन्, ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतसामु लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने...
-
२०७७ जेठ ५, सोमबार
लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित
काठमाडौं – सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन् भने उक्त नक्सा बैठकमा पास भएको जनाइएको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रममा भारतले अतिक्रमण गरेका लिपुलेक, लिम्पियाधुरा,...
-
२०७७ बैशाख ३१, बुधबार
नेकपाको स्थायी समितिको बैठक स्थगित
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित गरिएको छ । प्राप्त जानकारी अनुसार पार्टीका माथिल्लो नेताका सुरक्षाकर्मीमा कोरोना देखिएको र अन्य नेताहरुको पनि कोरोना परीक्षण नगरिएकोले बैठक स्थगित गरिएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगित भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक...
-
२०७७ बैशाख ३१, बुधबार
भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शनमा क्रान्तिकारी माओवादीका कार्यकर्ताहरु पक्राउ
काठमाडौं – लिपुलेकमा भारतले हस्तक्षेप गरी सडक निर्माणविरुद्ध प्रदर्शन गर्दा नेकपा क्रान्तिकारी (माओवादी) का ४१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको छ । भारतीय हस्तक्षेपविरुद्ध बुधबार दिउँसो माइतीमण्डलमा विरोध प्रदर्शनमा क्रममा माओवादी क्रान्तिकारीका कार्यकर्ताहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पवनमान श्रेष्ठलगायत ४१ जना नेता तथा कार्यकर्ता छन्...
-
२०७७ बैशाख ३०, मंगलबार
जनता समाजवादी पार्टीका कार्यकर्ता पक्राउ
काठमाडौँ – भारतले नेपालको भूभाग मिचेर बाटो बिस्तार गरेको बिरोधमा जनता समाजवादी पार्टीले काठमाडौँको बाङ्गेमुढामा प्रदर्शनको तयारी गर्दागर्दै उनका कार्यकर्ता पक्रउ परेका छन् । प्रहरीले जनता समाजवादी पार्टीका ९ नेता तथा कार्यकर्ता पक्राउ गरेको पार्टीका केन्द्रिय सदस्य मनराजा शाक्यले जानकारी दिए । पक्राउ पर्नेमा आङकाजि शेर्पा, श्यामकृष्ण प्रजापति, अनिल थापा, रहरबहादुर खड्का, ज्ञानुरत्न महर्जन,...
-
२०७७ बैशाख २८, आइतबार
‘संस्कृत भाषा लाद्नखोज्नु प्रतिक्रियावादी र प्रतिगमनकारी कदम’
काठमाडौं – भर्खरै एकीकृत भएको जनता समाजवादी पार्टीसँग नजिक रहेका विभिन्न संघीय संगठनहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी संस्कृत भाषालाई पुनः विद्यालयमा लाद्न खोज्नु प्रतिकृयावादी र प्रतिगमनकारी कदम भनेका छन् । जारी विज्ञप्तिमा संस्कृत भाषा पठनपाठनको उपादेयता, औचित्य र सान्दर्भिकता नभएकै कारण विगतमा सर्वत्र विरोध भएपछि पाठ्यक्रमबाट हटाई विद्यालयमा पठनपाठन बन्द गरिएको उल्लेख छ । बन्द भइसकेको...
-
२०७७ बैशाख २८, आइतबार
लिपुलेकमा सडक निर्माण रोक्न नेकपाको आग्रह
काठमाडौं – नेपाली भूमिमा भारतले एकतर्फी रुपमा सुरु गरेको सडक निर्माण काय तत्काल रोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारत सरकारसमक्ष आग्रह गरेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी विज्ञप्तिमा भारतको यो कार्य दुई देशका सरकारले उच्च तहमा गरेको उच्चस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति विपरित रहेको जनाइएको छ । पार्टीले तत्काल सो...
-
२०७७ बैशाख २७, शनिबार
लिपुलेकमा भएको भारतीय हस्तक्षेपविरुद्ध नेपालको आपत्ति
काठमाडौँ – नेपाली भूमि लिपुलेकमा भारतले बनाएको सडकप्रति नेपाल सरकारले औपचारिकरुपमा आपत्ति जनाएको छ । परराष्ट्रमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमप्रति दुःख व्यक्त गरेको हो । सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । ‘यो तथ्यलाई नेपाल सरकारले विगतमा...


