STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ बैशाख २६, शुक्रबार

    बजेट अधिवेशन आजबाट, कोरोना नभएको रिपोर्ट देखाएमात्र प्रवेश पाउने

    काठमाडौं – संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) आज शुक्रबारबाट सुरु हुँदैछ । आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् । तर, परीक्षणको रिपोर्ट भने आइसकेको छैन । कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए–नभएको यकिन गरेर मात्र संसद...

  • २०७७ बैशाख २६, शुक्रबार

    सांसदहरुको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं – संघीय संसदका २१२ सांसदसहित कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार १७९ जना प्रतिनिधिसभाका सांसद र ४५ जना राष्ट्रिय सभाका सांसदलगायत ४४० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २१६ जनाको स्वाब संकलन गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको संयोजक अशोक पौडेलले बिहीबार स्वाब संकलन गरिएका सबैको...

  • २०७७ बैशाख २६, शुक्रबार

    बाबुराम भट्टराईले मागे संसदबाटै प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । यसैगरी, भट्टराईले कोरोना भाइरस कोभिड १९ संक्रमणमा सरकारले लकडाउनबाहेक अन्य...

  • २०७७ बैशाख २५, बिहिबार

    सांसदहरुको पनि कोरोना परीक्षण सुरु

    काठमाडौं – संसद भवन वानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभाका सदस्यहरुको कोरोना परीक्षण भइरहेको छ । शुक्रबारदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा भाइरसको संक्रमण नफैलियोस् भनेर सम्पूर्ण सांसदहरुको कोरोना परीक्षण भइरहेको छ । भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ ।

  • २०७७ बैशाख २३, मंगलबार

    अस्पतालबाटै विप्लव समूहका नेता पक्राउ

    काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मालाई चितवनको एक अस्पतालबाट पक्राउ गरिएको छ । मंगलबार चितवन प्रहरीले उनलाई पुरानो मेडिकल कलेजबाट पक्राउ गरिएको समाचार प्राप्त भएको छ । शर्मा उपचारका लागि मेडिकल कलेज पुगेका थिए । उनको पक्राउपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २०७७ बैशाख २१, आइतबार

    वामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

    काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादलाई तत्काल मत्थर पार्न उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले १७ वैशाखमा बसेको सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । सो प्रस्तावमा आफू अडिग रहेको जनाउँदै ओली शनिबारको बैठकमा पनि...

  • २०७७ बैशाख २१, आइतबार

    राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते ४ बजे बजेट अधिवेशन बोलाउन सिफारिस गरेको थियो । सरकारले बजेट अधिवशेन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले...

  • २०७७ बैशाख १९, शुक्रबार

    श्रमिक दिवसको अवसरमा प्रधानमन्त्रीको सन्देश : अस्थिरताको प्रयास अस्वीकार्य

    काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको र त्यस्तो प्रयास अस्वीकार्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यम र सामाजिक सञ्चालहरुले स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र...

  • २०७७ बैशाख १२, शुक्रबार

    विवादास्पद दुई अध्यादेश राष्ट्रपतिबाट खारेज

    काठमाडौं – सरकारले ल्याएका विवादास्पद दुई अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीबाट खारेज भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा जारी भएका दुई निर्णयको पार्टी भित्र र बाहिर तीब्र विरोध भएको थियो । सरकारले गत सोमबार राजनीतिक दल फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो । तर, त्यसको नेकपापभित्र र बाहिर चौतर्फी आलोचना भएपछि ओलीले बिहीबार पार्टी नेताहरुसँग फिर्ता...

  • २०७७ बैशाख ११, बिहिबार

    समाजवादी र राजपाबीच एकता

    काठमाडौं– समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार राति बसेको बैठकबाट पार्टी एकताको सहमति भएको हो । पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन्...

  • २०७७ बैशाख ११, बिहिबार

    अध्यादेश फिर्ता लिने तयारी

    काठमाडौं– विपक्षी तथा पार्टीभित्रैबाट दबाब आएपछि प्रधानमन्त्री ओलीले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन र स्थायी समितिका सदस्यहरुको धारणा अनुसार बैठक बोलाउन ओलीलाई आग्रह गरेका थिए । अध्यादेश खारेजीका लागि प्रधानमन्त्री ओलीले आजै राष्ट्रपतिसमक्ष पत्र पठाउनसक्ने जनाइएको छ । सरकारले वैशाख ८ गते ४० प्रतिशत...

  • २०७७ बैशाख ११, बिहिबार

    अपहरण हल्ला मात्र : यादव

    काठमाडौं– आफू अपहरणमा परेको हल्ला गलत भएको र आफू कुनै अपहरणमा नपरको समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले स्पष्टिकरण दिएका छन् । काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेट्न जनकपुरबाट आएका र आउँदा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई समेत जानकारी गराएको यादवले बताएका छन् । यादव अपहरण भएको कुरा समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सामाजिक...

Pages