STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० बैशाख २५, सोमबार

    सांसद सिंहले संसद बैठकमै कपडा फुकाले

    काठमाडौं - प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् । आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए । सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट...

  • २०८० बैशाख २५, सोमबार

    आज संवैधानिक परिषद्को बैठक बस्दै

    काठमाडौँ- संवैधानिक परिषद्को बैठक सोमबार बस्दैछ । प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्नेछ । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो । उनका अनुसार नयाँ थप कार्यसुची उल्लेख छैन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद...

  • २०८० बैशाख २४, आइतबार

    कांग्रेसबाट आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ । नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका...

  • २०८० बैशाख २२, शुक्रबार

    रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। उनले अव आफ्नो पार्टी सशक्त र रचनात्मक प्रतिपक्षीमा बस्ने जानकारी दिए। हालै सम्पन्न उपनिर्वाचनबाट पनि आफ्नो पार्टीलाई प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएको...

  • २०८० बैशाख २१, बिहिबार

    सांसदलाई बाटोमै समाउनु रहस्यमय : ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । ‘एउटा सांसद,...

  • २०८० बैशाख २१, बिहिबार

    नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

    काठमाडौं - नवनियुक्त तीन मन्त्रीले पद तथा गोेपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीको शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

  • २०८० बैशाख २१, बिहिबार

    नक्कली शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझी नियन्त्रणमा, छाेरा सन्दीपलाई अदालतमा उपस्थित गराइयाे, ८ जना पक्राउ

    काठमाडौँ - नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ । बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए । सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको...

  • २०८० बैशाख २०, बुधबार

    मन्त्रिपरिषद पुनः विस्तार, कांग्रेसबाट ३ मन्त्री थप

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका थप ३ जनालाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्रालयको जिम्मेवारी पाउनेमा कांग्रेस उपसभापति धनराज गुरुङ, मोहनकुमार बस्नेत र डिगबहादुर लिम्बु रहेका छन् । गुरुङ कानून न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।...

  • २०८० बैशाख १९, मंगलबार

    लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री चौधरीले ५३ जनाले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरे । कांग्रेसको प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई गठबन्धनमा आबद्ध ८ दलका सांसदहरुले पक्षमा मतदान गरेका छन् । विपक्षमा नेकपा एमाले मतदान गर्दा राष्ट्रिय प्रजातन्त्र...

  • २०८० बैशाख १९, मंगलबार

    उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं - बैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारमा सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। साथै सभामुख घिमिरेले शपथ खुवाउनुको साथै यादवलाई सांसदको लोगो पनि लगाइदिए। सोही निर्वाचनमा विजयी राष्‍ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लले बैशाख १५ गते शपथ लिइसकेका छ्न्।...

  • २०८० बैशाख १८, सोमबार

    रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए। उनले भने, “पार्टी...

  • २०८० बैशाख १८, सोमबार

    नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणा

    काठमाडौं - नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच आज यहाँ पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ । उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र...

Pages