STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० बैशाख ११, सोमबार

    उपनिर्वाचन : रास्वपाका स्वर्णिम वाग्ले अगाडि

    काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले हालसम्म ५०१९ मत ल्याउँदै अगाडि छन् । निर्वाचन आयोगका अनुसार आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९२४६ मतगणना हुँदा रास्वपाका वाग्ले अगाडि छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो...

  • २०८० बैशाख १०, आइतबार

    समाजवादी मोर्चा गठन गर्न प्रचण्ड र माधव तयार

    काठमाडौं - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार नेकपा (एकीकृत समाजवादी)द्वारा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन ः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट...

  • २०८० बैशाख १०, आइतबार

    उपनिर्वाचन मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो

    काठमाडौं - आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान...

  • २०८० बैशाख १०, आइतबार

    बारामा जसपाले बुथ कब्जा गरेको जनमत पार्टीको आरोप

    काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् । बारा क्षेत्र न. २ मा  भइरहेको २ मतदान केन्द्रका बुथ जसपाले कब्जा गरेको आरोप लगाएका हुन् । उनले प्रहरीकै सहयोगमा बुथ कब्जाभइरहेको बताए । जिल्लाको पचरौता नगरपालिका बेलडाडी र देवतालको झिगैया बुथमा आफूहरुको प्रतिनिधि प्रवेश गर्न नदिइ बुथ नै कब्जा गरेको जनमत पार्टीको दावी छ । जनमतले शनिबार नै बुथ कब्जा...

  • २०८० बैशाख १०, आइतबार

    उपचुनाव : चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु

    काठमाडौँ - चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु भएको छ । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाताले बेलुका ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निधर्क्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको छ । तोकिएको मतदान केन्द्रमा उपस्थित भइ मतदान गर्नुपर्नेछ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा...

  • २०८० बैशाख ९, शनिबार

    वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल

    प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा...

  • २०८० बैशाख ७, बिहिबार

    उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन नगर्न प्रेस काउन्सिलको आग्रह

    काठमाडौँ– प्रेस काउन्सिल नेपालले वैशाख १० गतेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्न अङ्कित झण्डा र ब्यानर, श्रव्य दृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन-प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै...

  • २०८० बैशाख ७, बिहिबार

    मेयर साम्पाङले फेरि मागे वडाध्यक्षहरुको राजीनामा

    काठमाडौं - धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले बिना कुनै कारण महिनैदेखि कार्यपालिका बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुलाई राजीनामा बुझाएर मार्ग प्रशस्त गरेर धरानवासी र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध गरेका छन् । वडाध्यक्षहरुले कार्यपालिका बैठक बहिष्कार गरेर जनताको सुशासन र विकासमाथि खेलवाड गरेको, कर्तव्यबाटच्यूँत भएको भन्दै बिहीबार मेयर साम्पाङले उनीहरुलाई नैतिकताका आधारमा तुरुन्त...

  • २०८० बैशाख ७, बिहिबार

    आज रातिदेखि उपनिर्वाचनको मौन अवधि सुरु

    काठमाडौं - निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनको तयारी भएको जनाएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि तयारी पुरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। निर्वाचनका लागि सम्पूर्ण सामाग्री मतदान स्थलमा पुगिसकेको उनले बताए। त्यस्तै...

  • २०८० बैशाख ५, मंगलबार

    गृहमन्त्री रहँदा लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज

    काठमाडौं - पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले मन्त्रीस्तरीय निर्णयबाट जारी गरेको कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । गृहमन्त्री बनेको तीन दिनमै लामिछानेले कार्यविधि जारी गरेका थिए । साथै, खरिद कानुनको विपरित प्रतिस्पर्धामा एउटा मात्र कम्पनी सामेल गरिएको...

  • २०८० बैशाख ५, मंगलबार

    ७ दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

    काठमाडौं - निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई हजार तीन सय ७३ र प्रदेशसभा सदस्य निर्वाचनका तीन...

  • २०८० बैशाख ५, मंगलबार

    मिटरव्याजपीडितको समस्या समाधान नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने लिङ्देनको चेतावनी

    काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो (सोमबार) निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सना समेत गरे ।...

Pages