राजनीति
-
२०८० बैशाख १७, आइतबार
महावीर पुनसँग सरकारले थाल्यो वार्ता
काठमाडौं - सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ । सरकारले खोज अनुसन्धान र...
-
२०८० बैशाख १५, शुक्रबार
पाँच महिनापछि संसदीय विषयगत समिति गठन
काठमाडौं - पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो । यसबीचमा प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको छ । पारित नियमावली अनुसार संसदीय विषगत समिति गठन भएको हो । प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा...
-
२०८० बैशाख १५, शुक्रबार
अयोग्य लडाकुलाई पैसा दिने निर्णय फिर्ता नभए जस्तोसुकै कदम उठाउने एमालेको चेतावनी
काठमाडौं - अयोग्य लडाकुलाई सरकारले दुई/ दुई लाखको दरले दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाएका हुन्। एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाको नाममा चालु आर्थिक वर्षमै छुट्टइएको उल्लेख गर्दै सत्य निरुपण तथा मेलमिलाप...
-
२०८० बैशाख १४, बिहिबार
लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त
काठमाडौं - लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएनका चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत...
-
२०८० बैशाख १३, बुधबार
उपेन्द्र यादव बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित
काठमाडौं - प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४...
-
२०८० बैशाख १२, मंगलबार
बारा २ उपनिर्वाचन : उपेन्द्रको अग्रता कायमै
काठमाडौं - बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन्। कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राखेका हुन्। उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार...
-
२०८० बैशाख १२, मंगलबार
रविलाई कांग्रेस उम्मेदवार जीतनारायणले दिए बधाई
काठमाडौं - चितवन २ का उम्मेदवार जितनारायण श्रेष्ठले अहिले आएको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन् । चितनव–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई जितका लागि बधाई दिएपछि श्रेष्ठले यस्तो बताएका हुन् । उनले जनताले परिवर्तन खोजिसकेको बताए । अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने चुनौति दिएको बताए । उनले भने,‘जनताले परिवर्तन चाहेको छ भन्ने कुरा हामीले स्वीकार...
-
२०८० बैशाख १२, मंगलबार
५४ हजार मतसहित रवि लामिछाने विजयी
काठमाडौं - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । वैशाख १० गते खसेको ७८ हजार २७७ मा रविले ५४ हजार २७६ मत पाएका छन् । मंसिरको निर्वाचनभन्दा रविले पाँच हजार मत बढी पाएका छन् । रविले प्रतिस्पर्धी उम्मेदवारलाई ४३ हजार मतले पराजित गरेका हुन् । जुन अहिलेसम्मकै ठूलो जितहार हो । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका...
-
२०८० बैशाख १२, मंगलबार
चितवन २ मा रवि लामिछाने जितउन्मुख
काठमाडौं - १० वैशाखमा भएको उपनिर्वाचनको मतगणनामा चितवन २ मा रवि लामिछाने निकै फराकिलो अग्रताका साथ जितउन्मुख देखिएका छन् । मंगलबार बिहानसम्म गणना भएको ४४ हजार मतमध्ये लामिछानेले ३१ हजार ७४८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठ निकै पछाडि छन् । उनले ६ हजार ३३५ मत ल्याएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ५ हजार ७८५ मत प्राप्त गरेका छन् ।
-
२०८० बैशाख १२, मंगलबार
तनहुँ १ को प्रतिनिधिसभा सदस्यमा स्वर्णिम वाग्ले निर्वाचित
काठमाडौं - तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार ९११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत...
-
२०८० बैशाख ११, सोमबार
विश्वासको मत नपाएपछि लुम्बिनीमा ढल्यो एमाले सरकार
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । योसँगै प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले लुम्बिनीमा सरकार गुमाएको छ । सोमबार प्रदेशसभाकाो बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो । प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् । सभामुख घर्तीले यो सँगै सदनको...
-
२०८० बैशाख ११, सोमबार
उपनिर्वाचन : तनहुँ १ र चितवन २ मा रास्वपा अघि, बारा २ मा कुशवाहा र यादवबीच कडा प्रतिस्पर्धा
काठमाडौं - तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनपश्चात् जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउदै लगेका छन् । पछिल्लोपटक प्राप्त मत परिणामअनुसार वाग्लेले २४४०६ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेस गोविन्द भट्टराईले १४१८२ मत पाएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ७०२६ मत पाएका छन् । भट्टराईले भने मतगणना...


