राजनीति
-
२०८० बैशाख ४, सोमबार
प्रधानन्यायाधिश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति
काठमाडौं - प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न छिटोभन्दा छिटो संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बसेको सभामुखसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संवैधानिक परिषद्को...
-
२०८० बैशाख ३, आइतबार
मन्त्रिपरिषद् विस्तार : परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत...
-
२०८० बैशाख १, शुक्रबार
सर्वोच्चलाई प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफ
काठमाडौं - सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफमा आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख छ । “नेपालको संविधानको धारा १७ को...
-
२०८० बैशाख १, शुक्रबार
मेरो सांसद पद खारेज भएकै छैन : ढाकाकुमार श्रेष्ठ
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्य र सांसद दुबैबाट निष्कासनमा परेका डा. ढाकाकुमार श्रेष्ठले आफ्नो सांसद पद खारेज नभएको बताएका छन् । बिहीबार कानुन व्यवसायीसँग परामर्श गरेपछि उनले संविधान र कानुनअनुसार आफ्नो सांसद पद यथावत नै रहेको बताएका हुन् । तर, रास्वपाको संसदीय दलका नेता तथा डोलप्रसाद अर्यालले भने श्रेष्ठलाई कारबाहीपश्चात् नयाँ सांसद नियुक्तिको प्रक्रिया अघि बढाउन...
-
२०७९ चैत्र २९, बुधबार
बयानका आधारमा ढाका दोषी : लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निष्कासित भएका ढाकाकुमार श्रेष्ठले छानबिन समितिसँग स्थिर कुरा नगरेको बताएका छन् । बुधबार श्रेष्ठलाई पार्टीबाट निष्कासित गरेपछि रास्वपाबाट आयोजित पत्रकार सम्मेलनमा समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको सभापति लामिछानेले बताए । उनले भने, ‘उहाँको कुरामा स्थिरता देखिएन । कोर टीमबारे उहाँले...
-
२०७९ चैत्र २९, बुधबार
ढाका रास्वपाबाट निष्कासित
काठमाडौं - सांसद डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो । पार्टीको साधारण सदस्यसमेत नरहेपछि उनी पार्टी र सांसद पदबाट पूर्ण रुपमा निष्कासित भएका छन् । साथै, बैठकले डा. श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई प्रतिनिधिसभाको...
-
२०७९ चैत्र २९, बुधबार
उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक : ढाकाकुमार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । बुधबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गरेका हुन् । उनले जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गरे । उनले आफू...
-
२०७९ चैत्र २८, मंगलबार
नागरिकता विधेयक अगाडि बढ्छः गृहमन्त्री श्रेष्ठ
काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँगै सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा...
-
२०७९ चैत्र २८, मंगलबार
सिंहदरबारको फोहोर नउठेपछि सरकारले मेयर बालेनसँग छलफल गर्ने
काठमाडौं - सरकारले सिंहदरबारभित्रको फोहोर नउठेपछि त्यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)सँग छलफल गर्ने भएको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रिपरिषद्ले त्यस विषयलाई गम्भीरतापूर्वक लिँदै समस्या समाधानका लागि छलफल गर्ने निर्णय गरेको हो । काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले बेवास्ता...
-
२०७९ चैत्र २८, मंगलबार
ढाकाको बयान : ‘मेरो आवाज हुँदै होइन, फसाउन खोजियो’
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप विषयमा सांसद डा. ढाकाकुमार श्रेष्ठसँग बसुन्धारास्थित पार्टी कार्यालयमा एक घण्टा सोधपुछ गरेको छ । अनुशासन समितिले मंगलबार लिएको बयानमा सांसद श्रेष्ठले प्रसाईंसँग डिलिङ गरेको अडियोको आवाज आफ्नो नभएको जवाफ दिएका छन् । सांसद श्रेष्ठले पार्टीबाट निलम्बनमा परेपछि दिएको...
-
२०७९ चैत्र २६, आइतबार
दुर्गा प्रसाईसँग दुई करोड माग्ने रास्वपाका सांसद श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित
काठमाडौं - स्वास्थ्यमन्त्री बन्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ एक साताका लागि पार्टीबाट निलम्बित भएका छन् । आइतबार सामाजिक सञ्जालमा श्रेष्ठले मन्त्री बन्न भन्दै रास्वपाका सभापति रवि लामिछानेलाई दुई करोड त्यो पनि उधारो होइन, हाताहाती चाहिने भन्दै प्रसाईसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । रास्वपा प्रमुख सचेतक...
-
२०७९ चैत्र २६, आइतबार
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ । अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार...


