राष्ट्रिय
-
२०७९ जेठ २४, मंगलबार
देवनागरी लिपिमा नै इम्बोस्ड नम्बर राख्न माग
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेको निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपीमा नै इम्बोस्ड नम्बर राख्न माग गरेको छ । गत शुक्रबार यातायात व्यवस्था विभागले जारी श्रावण १ गते भित्र अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अनिवार्य रूपमा अङ्ग्रेजी भाषाको रोमन लिपीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट राखि सक्नु पर्ने र अन्यथा ट्राफिक प्रहरीले कारवाही गर्ने चेतावन...
-
२०७९ जेठ २४, मंगलबार
इम्बोस्ड नम्बर प्लेट जडान अव्यावहारिक, युवा संघको वानेश्वरमा प्रदर्शन
काठमाडौं - सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यवहारिक रवैयाको संज्ञा दिदैँ राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्य र सरकारको अव्यवहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान...
-
२०७९ जेठ २३, सोमबार
नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा
काठमाडौँ - सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । आज (सोमबार) अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उत्तम सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको बढुवा समितिलले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
-
२०७९ जेठ २३, सोमबार
आइतबाको बिदा हटाउने मन्त्रिपरिषद्को निर्णय, असार १ देखि लागु हुने
काठमाडौं - सरकारले आइतबार दिँदै आएको बिदा हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेको हो। यसअघि सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। दुई दिन बिदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो। नेपालमा दुई दिने विवाद कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको बिदा...
-
२०७९ जेठ २०, शुक्रबार
सार्वजनिक सवारीकाे भाडादर घट्याे
काठमाडौं - यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाह सवारीको भाडा २.६ प्रतिशत र...
-
२०७९ जेठ १९, बिहिबार
आजदेखि काेरियन भाषा परीक्षा सुरू
काठमाडौं - कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि असार ३ सम्म सञ्चालन हुन लागेको हो। इपिएस शाखाका अनुसार परीक्षा ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा सञ्चालन...
-
२०७९ जेठ १९, बिहिबार
दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा
काठमाडौं - पूर्वराजा वीरेन्द्र शाहको वंश विनाश अर्थात नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्रको सपरिवारको हत्या २१ वर्ष पहिले आजकै दिन भएको थियो । २०५८ जेठ १९ गते शुक्रबार बेलुकी राजदरबारभित्र पारिवारिक भेटभाटका बेला भएको घटनामा वीरेन्द्रका भाईदेखि ज्वाइँसम्मको हत्या भएको थियो । घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी...
-
२०७९ जेठ १५, आइतबार
तारा एयरको जहाज सम्पर्कविहीन, सेनाको हेलिकप्टर खाेज्दै
काठमाडौं - पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ । यसअघि जहाज...
-
२०७९ जेठ १५, आइतबार
गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यकम
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक भइन् । गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक...
-
२०७९ जेठ १५, आइतबार
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना...
-
२०७९ जेठ १५, आइतबार
आज गणतन्त्र दिवस
काठमाडौँ - आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय...
-
२०७९ जेठ १२, बिहिबार
फोनिजद्वारा नेपाल सरकारको कदमको भत्सर्ना
नेपाल सरकारले कृष्णप्रसाद भट्टराईको नाम जोडिएर सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को गम्भीर ध्यानाकर्षण भएको कुरा प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आमसञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने सरकारको नीति स्वागतयोग्य रहेता पनि गलत...


