राष्ट्रिय
-
२०७९ बैशाख २०, मंगलबार
भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा
काठमाडौं - भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी यतिबेला काठमाडौंमा रहेका छन् । उनी सोमबार अपरान्ह ५ बजे काठमाडाैं आइपुगेका हुन् । यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ । उनी बिहीबार पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा सरिक हुने कार्यक्रम छ । ५ दिन नेपालमा बिताएर...
-
२०७९ बैशाख २०, मंगलबार
आज इस्लाम धर्मावलम्बी इद मनाउँदै, सार्वजनिक बिदा
आज इस्लाम धर्मावलम्बीले इद मनाउँदै छन् । एक महिनासम्म दिनभर व्रत बस्छन्, जसलाई रोजा भनिन्छ । रमजानको महिनाको अन्तिम दिन चन्द्रमा हेरिसकेपछि भोलिपल्टको दिनलाई इद उल फित्रका रुपमा मनाउने गरिन्छ । मंगलबार इद परेकाले सरकारले पनि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित...
-
२०७९ बैशाख १८, आइतबार
राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता
नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो । लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक...
-
२०७९ बैशाख १८, आइतबार
श्रमिक दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रम दिवसको शुभकामना व्यक्त गर्दै मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्व रहेकाले यसलाई उजागर गर्दै श्रमको सम्मान गर्ने संस्कृति निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छिन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले मर्यादित श्रम, उचित...
-
२०७९ बैशाख १८, आइतबार
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
काठमाडौँ - आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि दमन गरिएको थियो । घटनामा दर्जनौं श्रमिकको ज्यान गएको थियो । अमेरिकाको सिकागोको हेय...
-
२०७९ बैशाख १७, शनिबार
डेढ लाख स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिह्न
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन अधिकृतको कार्यालयमार्फत् मैदानमा रहेका झण्डै डेढ लाख उम्मेदवारलाई आज चुनाव चिह्न दिएको हो । मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकार हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको छाता, पाँचौँमा लोकतान्त्रिक...
-
२०७९ बैशाख १७, शनिबार
करिब आठ हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् । उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५...
-
२०७९ बैशाख १७, शनिबार
आमाको मुख हेर्ने दिनः अन्धाअन्धीमा भक्तजनको घुइँचो
वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन आज महोत्तरी जिल्लाको एतिहासिक अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा यस ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । महोत्तरीको लोहारपट्टी नगरपालिका–१ बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । आमाबुवालाई आफ्ना सर्वस्व मान्ने र आमाबुवाकै सेवालाई...
-
२०७९ बैशाख १६, शुक्रबार
कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई यसरी गरिँदैछ पुनः जागृत
कोरोना कहरले थला पार्दैनथ्यो भने संसारभरका पर्यटक यतिबेला नेपालका विभिन्न सहरमा पुगिरहेका हुने थिए । काठमाडौँको ठमेल, कास्कीको लेकसाइड, चितवको सौराहा, रुपन्देहीको लुम्बिनीमा हजारौँ पर्यटकले नेपालको बारेमा प्रशंसा गरिरहेका भेटिन्थे । कोही ‘ह्वाइट वाटर ¥याफटिङ’ मा रमाइरहेका भेटिन्थे । कोही सराङ्कोटमा प्याराग्लाइडिङको मज्जा लिइरहेका हुन्थे । कोही अन्नपूर्णको फेदीतिर हिमाल र हिउँको वर्णन गर्दै...
-
२०७९ बैशाख १५, बिहिबार
बैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारलाई निर्वाचन आयाेगकाे अनुरोध
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गतेको दिन सार्वजनिक विदा दिन सरकार समक्ष अनुरोध गरेको छ । आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल बैशाख ३० गतेका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो । बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई...
-
२०७९ बैशाख १५, बिहिबार
आज उम्मेदवारको नामावली प्रकाशन गरिने
काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज (बिहीबार) प्रकाशन गरिने भएको छ । १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हाे । १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली शुक्रबार नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार १७ गते...
-
२०७९ बैशाख १५, बिहिबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान
काठमाडौं - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार अप्रेसन फ्लाइटका लागि निगमको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय...


