राष्ट्रिय
-
२०७९ बैशाख ३१, शनिबार
मनाङबाट मतगणना सुरु
काठमाडौं - हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ। जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको हाे । त्यसको एक घण्टापछि अन्य गाउँपालिकामासमेत सुरु भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए। मनाङमा चार गाउँपालिका रहेको छ। त्यहाँ कूल ६ हजार ४९६ मतदाता रहेकाेमा कूल चार हजार ६७ मत खसेको थियाे। २...
-
२०७९ बैशाख ३१, शनिबार
अपेक्षाकृत मत खसेन, ४४ केन्द्रकाे मतदान स्थगित
काठमाडौं - अपेक्षाकृत मत खसेन, ४४ केन्द्रकाे मतदान स्थगितप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ...
-
२०७९ बैशाख ३०, शुक्रबार
सकियो मतदानको समय, आजै बेलुकीबाट मतगणना शुरु हुने
बाठमाडौं - स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएको छ । आजै (शुक्रबार) बेलुकीबाट मतगणना शुरु हुने भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा छिटपुट घटना बाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको जनाइएको छ । साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइएको र मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र...
-
२०७९ बैशाख ३०, शुक्रबार
अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा निर्वाचन प्रक्रिया स्थगित भएको छैन : आयोग
काठमाडौं - निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा निर्वाचन प्रक्रिया स्थगित नभएको जनाएको छ। केही स्थानमा छिटफुट घटना भए पनि पुनः मतदान कार्य सुचारु हुने प्रक्रियामा रहेको आयोगले जनाएको छ। 'अहिलेसम्म केही स्थानमा छिटफुट घटनाबाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्सादहपूर्वक रुपमा मतदान भइरहेको छ। केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुने क्रम...
-
२०७९ बैशाख ३०, शुक्रबार
अपराह्न १२ बजेसम्ममा ३५ प्रतिशत भोट खस्यो : आयोग
काठमाडौं - अपराह्न १२ बजेसम्ममा देशभर करिब ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशभर ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ । यद्यपि दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सञ्चालन गर्ने प्रयास भइरहेको पनि आयोगले जनाएको छ ।
-
२०७९ बैशाख ३०, शुक्रबार
आज देशभर स्थानीय तहको निर्वाचन हुँदै
आज देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।अहिले बिहान ७ बजेदेखि सुरु हुने मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ ।७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ३५ हजार २२१ जनामध्ये निर्विरोध...
-
२०७९ बैशाख २९, बिहिबार
शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान?
काठमाडौं - भोलि देशभर एकै चरणमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ । मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका...
-
२०७९ बैशाख २८, बुधबार
भोट हाल्न गाउँ फर्किनेकाे लर्काे
काठमाडौं - स्थानीय तहको निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ । गएरातिदेखि मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारको कार्य सकिएको छ । दलहरुको गतिबिधि बन्द हुँदा आयोग भने जुर्मुराएको छ । तोकिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतहरुसँगै आवश्यक मतपत्र पुर्याइसकिएको छ । सम्पूर्ण तयारी पूरा भइसकेको आयोगले जनाएको छ । निर्वाचनमा सहभागि हुन मतदाता आतुर देखिन्छन् । विभिन्न कामले उपत्यकामा रहेका नागरिक...
-
२०७९ बैशाख २८, बुधबार
मौन अवधि सुरु, के गर्न पाइन्छ, के पाइन्न ?
काठमाडौं - स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू भएको छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री...
-
२०७९ बैशाख २६, सोमबार
गोरखापत्रलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले सरकारी अखबार गोरखापत्रलाई स्पष्टीकरण सोधेको छ । गोरखापत्र दैनिकका सम्पादकलाई २२ वैशाखमा प्रकाशित 'गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह' शीर्षक समाचारलाई लक्षित गर्दै आयोगले स्पष्टीकरण सोधेको हो । त्यस्तै, २५ वैशाखमा पनि प्रकाशित 'बागी उम्मेदवारको प्रभाव नगन्य छ' शीर्षकअन्तर्गत भरतपुर महनगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता छापिएको विषयमा पनि आयोगले गम्भीर...
-
२०७९ बैशाख २६, सोमबार
चुनावको दिन वर्षा हुने, त्रिपालको व्यवस्था गर्न आयोगकाे निर्देशन
३० वैशाख मतदानकाे दिन वर्षात्काे सम्भावना रहेकाले मतपत्रसहितको निर्वाचन सामग्री सुरक्षित राख्न निर्वाचन आयोगले सम्बन्धित पालिकाहरूलाई निर्देशन दिएको छ । ‘मौसमका सम्बन्धमा चिन्तित छौँ । आज मात्रै मौसम विभागमा हेरेर आयौँ, २९ गतेसम्म पानी पर्ने उच्च जोखिम छ । ३० गते पनि पानी पर्ने जोखिम छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘स्थानीय तहलाई पाल त्रिपालको व्यवस्था गर्न भनेका छौँ ।’...
-
२०७९ बैशाख २६, सोमबार
मतदानको दिन वैशाख ३० गते सार्वजनिक बिदा
सरकारले स्थानीय चुनाव ३० वैशाखका सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने ३० वैशाख २०७९, शुक्रबारका दिन नेपालभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट २५ वैशाख २०७९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका...


