STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ बैशाख १४, बुधबार

    स्थानीय निर्वाचनमा एमालेको सबैभन्दा धेरै उम्मेदवारी

    काठमाडौं – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा धेरै पदमा उम्मेदवारी दिएको छ ।  नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा गरी एमालेका करिब ३३ हजार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका ३१ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्र उम्मेदवार १२–१२ हजार र नेकपा एकीकृत समाजवादीका ११...

  • २०७९ बैशाख १४, बुधबार

    आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं - शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक...

  • २०७९ बैशाख १४, बुधबार

    स्थानीय तहको निर्वाचनका लागि देशभर करिव डेढ लाखकाे उम्मेदवारी

    काठमाडौं - स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरबाट करिव डेढ लाख जनाको मनोनयन परेको छ । निर्वाचन आयोगले देशभरबाट परेको मनोनयनको अद्यावधिक विवरण तयार पारेको छ । अधिकांश स्थानबाट विवरण आए पनि छिटफुट रुपमा तथ्यांक संकलन गर्ने क्रम अहिले पनि चलिरहेको आयोगले जनाएको छ । आयोगको विवरण अनुसार, सबैभन्दा बढी प्रतिस्पर्धा मेयमा देखिएको छ । औसतमा एउटा पालिकामा मेयरमा १२ जनाको प्रतिस्पर्धा देखिएको छ...

  • २०७९ बैशाख १३, मंगलबार

    एक लाख ३७ हजारको मनोनय दर्ता

    स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ । यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१...

  • २०७९ बैशाख १२, सोमबार

    आज वैशाख १२, गोरखा भूकम्पको सातौँ स्मृति दिवस

    काठमाडौं - गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४...

  • २०७९ बैशाख ११, आइतबार

    आज लोकतन्त्र दिवस

    काठमाडौँ - आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका...

  • २०७९ बैशाख ७, बुधबार

    ‘भ्यू–टावर’ र सभाहल निर्माणका कार्यक्रम बजेटमा थप्दैनौँः मन्त्री झाँक्री

    शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू–टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट...

  • २०७९ बैशाख ७, बुधबार

    अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

    अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको हो ।     यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनुहुनेछ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उहाँहरुले आगामी अप्रिल २२ देखि २४ सम्म...

  • २०७९ बैशाख ५, सोमबार

    आज विश्व सम्पदा दिवस

    काठमाडौं - विश्व सम्पदा दिवस आज (सोमबार) परेको छ । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । संसारभरका सम्पदाको संरक्षण, प्रवद्र्धन, र महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउने उदेश्यले हरेक वर्ष अप्रिल १८ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । सम्पदाको संक्षण र सम्वर्द्धनका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष यो दिवस मनाउने गरेको छ ।...

  • २०७९ बैशाख ४, आइतबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

    निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।     संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको...

  • २०७९ बैशाख १, बिहिबार

    नयाँ वर्ष २०७९ सुरु

    काठमाडौं- नयाँ वर्ष २०७९ को शुभारम्भ भएको छ । आज (बिहीबार) वैशाख १ गते अर्थात नयाँ वर्ष २०७९ को पहिलो दिन हो । नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरेर हर्षोल्लास साथ मनाउने गरिन्छ ।  आजको दिनलाई सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिनका रूपमा लिने गरिन्छ । आज वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग...

  • २०७८ चैत्र ३०, बुधबार

    पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो ।     पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण ९मूलघाट,...

Pages