राष्ट्रिय
-
२०७८ माघ ७, शुक्रबार
कुन कुन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुँदैन ?
काठमाडौं, माघ ७ - काठमाडौं उपत्यकामा आज (शुक्रबार) राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली लागू गरेका हुन् । तर, अत्यावश्यक सेवाको हकमा भने जोरबिजोर प्रणाली लागू नहुने बताइएको छ । यी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुँदैन:
-
२०७८ माघ ५, बुधबार
माघ ७ देखि मनकामना मन्दिर प्रवेशमा रोक
५ माघ, काठमाडौँ - कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा भक्तजनलाई रोक लगाइएको छ। भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ। मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो। कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय...
-
२०७८ माघ ५, बुधबार
विदेशबाट आउनेले अब १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने
कोरोना महामारी फैलिएसँगै विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एड्भाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट फर्किएकाहरूले १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने अध्यागन विभागले जनाएको छ । हवाई यात्रामार्फत नेपाल आउँदा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने छ । पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक वा अफिसियल पासपोर्टबाहक र आवासिय...
-
२०७८ माघ ५, बुधबार
डेरावालसँग महसुल बढी लिए बिजुली काटिने : विद्युत् प्राधिकरण
५ माघ, काठमाडौँ - डेरावालहरूसँग तोकेको मूल्यभन्दा बढी महसुल असुल गर्ने घरधनीको बिजुली काटिने भएको छ । घरधनीले डेरावालसँग महँगो महसुल असुल गरेको गुनासो बढेपछि प्राधिकरणले यो निर्णय गरेको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए । 'घरभाडामा बस्ने व्यक्तिहरूले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत सेवा लिन सकिने व्यवस्था गरिएको छ । यस्तो...
-
२०७८ माघ ५, बुधबार
कोरोनाविरुद्धको खोपका लागि माघ १६ देखि २० सम्म विद्यालय खुलाइने
माघ ४, काठमाडौं - कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृह मन्त्रालयमा मंगलबार भएको बैठकले उक्त निर्णय गरेको हो । सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने...
-
२०७८ माघ ४, मंगलबार
माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्न खोपकार्ड अनिवार्य
४ माघ, काठमाडौं - माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोपकार्ड अनिवार्य चाहिने भएकाे छ । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खाेपकार्ड अनिवार्य गरेकाे हो । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । माघ मसान्तसम्म सभा-भेलामा राेक काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि...
-
२०७८ माघ ४, मंगलबार
कोरोनाको संक्रमणदर ५० प्रतिशत
माघ ४, काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणदर ५० प्रतिशत पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर ५० प्रतिशत पुगेको जनाएको हो । कोरोनाको दोस्रो लहरको उच्च बिन्दुमा पुग्दा संक्रमणदर ५१ प्रतिशतको हाराहारिमा थियो । तेस्रो लहर ५१ प्रतिशतभन्दा माथि पुग्ने मन्त्रालयको अनुमान छ ।
-
२०७८ माघ ४, मंगलबार
‘स्वास्थ्य मन्त्रालय तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैन’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताउनुभयो । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय क्षेत्र बन्द...
-
२०७८ माघ ४, मंगलबार
थप १० हजार २५८ मा कोरोना सङ्क्रमण पुष्टि
थप १० हजार २५८ मा कोरोना सङ्क्रमण पुष्टिपछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सोमबारभन्दा तीन हजार ५२४ ले बढी हो । सोमबार देशभर छ हजार ७३४ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १७ हजार ८७२ पीसीआर र चार हजार ९५६ एन्टीजेन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा...
-
२०७८ माघ ३, सोमबार
स्वस्थानी व्रत आजदेखि सुरु
काठमाडाैं, माघ ३ - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा...
-
२०७८ माघ ३, सोमबार
सिनेमा हल, डान्सबार, दोहोरी नाचघर माघ १५ सम्म बन्द
२ माघ, काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि विभिन्न प्रतिबन्धका आदेशहरु जारी गरेको छ। सिनेमा हल, डान्सबार, दोहोरी नाचघर लगायतका ठाउँहरु माघ १५ सम्म बन्द हुने भएका छन्। आइतबार सरकारको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक...
-
२०७८ माघ १, शनिबार
आज माघे सङ्क्रान्ति
काठमाडाैं, माघ १- मकर सङ्क्रान्ति पर्व आज मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी,...


