राष्ट्रिय
-
२०७७ मङ्सिर १०, बुधबार
थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाकाे मृत्यु
काठमाडाैं – पछिल्लाे २४ घण्टामा १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै हालसम्म १ हजार ३ सय ८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मात्र ३ हजार १ सय...
-
२०७७ मङ्सिर १०, बुधबार
बर्दिवास घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थाल्याे
काठमाडौं – महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो । आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको प्रवक्ता...
-
२०७७ मङ्सिर १०, बुधबार
बर्दिबासमा निषेधाज्ञा
बर्दिबास : बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए । कटुवालका अनुसार बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
-
२०७७ मङ्सिर १०, बुधबार
बालिका मृत्यु प्रकरणः घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित
महोत्तरी - महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार...
-
२०७७ मङ्सिर १०, बुधबार
पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग
काठमाडौं – मानवाधिकारवादी नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका छन् । शंखधर दिवसको अवसरमा मंगलबार काठमाडौं लखुतीर्थस्थित पद्मरत्न तुलाधरको स्मृतिमा भएको विचार गोष्ठीमा श्रेष्ठले सो माग गरेका हुन् । शंखधर दिवस एवं नेपाल संवत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको स्मृतिमा आफ्नो मन्तव्य राख्दै श्रेष्ठले भने, “अन्तर्राष्ट्रिय रुपमै...
-
२०७७ मङ्सिर १०, बुधबार
सबै देशहरुमा उडान अनुमति दिने सीसीएमसीकाे निर्णय
काठमाडाैँ – कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको छ । सीसीएमसी निर्देशक समितिको मगलबार बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो । संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
-
२०७७ मङ्सिर १०, बुधबार
आज र भोलि हरिबोधनी एकादशी, शेषनारायणमा मेला
काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले आज र वेदमा आधारित भई कर्म गर्नेले भोलि मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम आजको एकादशी तिथि ५९ घडी नाघी भोलि बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने...
-
२०७७ मङ्सिर ८, सोमबार
उपत्यकामा थपिए १००७ संक्रमित
काठमाडौं उपत्यका पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४५४ जना महिला र ५५३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८ हजार ६६७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १ हजार ४९८ र भक्तपुरमा...
-
२०७७ मङ्सिर ७, आइतबार
१,६६९ जना कोरोना संक्रमित थपिँदा ५,६९९ जना डिस्चार्ज
काठमाडाैं – आज आइतबार १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज मात्रै ५ हजार ६ सय ९९ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ । यसैगरी हालसम्म निको भएर घर फर्कनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनासहित हालसम्म १ हजार...
-
२०७७ मङ्सिर ७, आइतबार
हिउँदका लागि २५० मेगावाटसम्मको बिजुली आयात गरिने
काठमाडौं – यसपालि हिउँदका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ । २ सय ५० मेगावटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । ‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफनै बिजुली अधिक हुने हुँदा निर्यातको लागि...
-
२०७७ मङ्सिर ६, शनिबार
कोभिड–१९ पछि पूर्वीय दर्शनको सार्थकता बढ्यो’
कोभिड–१९ को जोखिमको प्रभावले व्यक्तिवादी सोच हावी हुने पश्चिमा संस्कृतिभन्दा सामूहिकता र मेलमिलापसहितको पूर्वीय दर्शनको महत्व र सार्थकता बढेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रीय विभाग र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा आयोजित दर्शनसम्बन्धी भर्चुअल...
-
२०७७ मङ्सिर ५, शुक्रबार
सिसडाेलबासी आन्दोलनमा, माग पूरा नभए फाेहर फाल्न नदिइने
काठमाडौं – विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टी सहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात...


