उपत्यका
-
२०७७ श्रावण १५, बिहिबार
कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । साउनका प्रत्येक दिन बिहान विगत वर्षमा भन्दा यसपटक भीड बढेको देखिएपछि कोरोनाको जोखिम बढ्न नदिन मन्दिर बन्द गरिएको हो । कोरोनाको जोखिम नघटेसम्म मन्दिर नखोलिने जनाइएको छ । भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले...
-
२०७७ श्रावण १५, बिहिबार
कीर्तिपुर नगरपालिकामा खाद्य सडक
विजयरत्न असंबरे • किर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणाको घोषणा गरेको थियो भने अहिले सोही अनुसार खाद्य सडक बनाउने काम कार्यान्वयनको शुभारम्भ गरेको छ । नगरलाई यस प्रकारको अवधारणा ल्याउने नेपालमै पहिलो नगरपालिकाको रुपमा प्रस्तुत किर्तिपुर नगरपालिकाले आज साउन १५ गते किर्तिपुर नगरपालिका वडा...
-
२०७७ श्रावण १५, बिहिबार
गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिको अनुरोध
काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकाले यस वर्ष गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । महानगरपालिकाको आज बसेको बोर्ड बैठकले गाईजात्रा ननिकाल्न अनुरोध गर्ने निर्णय गरेको महानगरपालिका पर्यटन तथा सम्पदा समितिका संयोजक एवं १८ वडाध्यक्ष न्हुच्छेकाजि महर्जनले जानकारी दिएका छन् । यसअघि ज्यापु महागुथि काठमाडौं महानगर समितिले भने गाईजात्रा निकाल्नै पर्नेहरु...
-
२०७७ श्रावण १५, बिहिबार
रातको समयमा काठमाडौं प्रवेशमा रोक
काठमाडौं – गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ। ठूलाे संख्यामा यात्रुहरुमा काेभिड–१९ पाेजेटिभ पाइएकाेले नाकाहरुकाे आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचकाे आवश्यक व्यवस्था हुन अर्काे आदेश नभएसङ्गम अत्यावश्यक र ढुवानीबाहेक अन्य आवागमन पूर्ण रुपमा बन्द गरिएकाे गृहले एक...
-
२०७७ श्रावण १५, बिहिबार
‘गाइजात्रा लगायत पर्वको विधि पूरा गरौँ, भिडभाड नगरौँ’ : काठमाडौँ महानगरपालिकाको अपिल
विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश...
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौँमै पहिराको जोखिम, शङ्खरापुरको ८ घर उच्च जोखिममा
काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न...
-
२०७७ श्रावण १४, बुधबार
राजधानीमै सुध्रिएनन् स्थानीय तहका सडक
काठमाडौँ : जनताको मतबाट स्थानीयस्तरमै सरकार बनेपछि सबैलाई लागेको थियो अब सानातिना समस्या समाधान हुने भए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बित्दासमेत फरक केही अनुभव हुन नसकेको गुनासो छ । राजधानी शहरकै काठ क्षेत्रका स्थानीय तहमा त उदाहरणी रुपमा विकास निर्माणका काम हुने विश्वास भए पनि त्यो पूरा नभएको गुनासो बढ्न थालेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा नगर कार्यपालिकाको...
-
२०७७ श्रावण १३, मंगलबार
आज मीननाथको रथारोहण
विजयरत्न असंबरे ः वर्षेनी बछलाथ्व प्रतिपदा (वैशाख शुक्लपक्ष प्रतिपदा)बाट विश्वकैै सबैभन्दा लामो जात्राको रुपमा लिइएको रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा सुरु हुन्छ । तर यस वर्ष विश्वभरि फैलिएको कोरोना रोगको महामारी र यसको नियन्त्रणको लागि लगाइएको लकडाउनले अन्य जात्रा र पर्वसरह यस जात्रालाई असर पारेको कारण बल्ल यो जात्रा सुरु हुन लागेको छ । चार महिने लामो लकडाउनपछि साउन १० गते ललितपुरको...
-
२०७७ श्रावण १३, मंगलबार
काठमाडौं महानगरका सबै विद्यालयमा अब संस्कृति र पहिचान सिकाउने पाठ्यक्रम राखिने
विजयरत्न असंबरे - काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै नीजि र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने भएको हो । महानगरपालिका...
-
२०७७ श्रावण १२, सोमबार
महाबौद्धका ५ ब्यापारीमा संक्रमण • ३ वटा पसल सिल
काठमाडाैं - काठमाडौंको व्यस्त बजार महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै ३ वटा पसल सिल गरिएको छ । उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियाे । गाणेश मन्दिर क्षेत्रमा सूचना टाँसेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न भनिएको छ । गणेश मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्दै आएका २ जनामा पनि कोरोना संक्रमण...
-
२०७७ श्रावण १२, सोमबार
काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने निश्चित
विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्ने निश्चित भएको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रा.लि.बीच भएको लिज भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज भाडामा लिने सम्झौताका लागि अन्तिम तयारी गरेको थियो । तर, कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट सुनिलभक्त श्रेष्ठले लिज भाडा सम्झौता आफूले नै...
-
२०७७ श्रावण ११, आइतबार
विश्व नेवार बालप्रतिभा पुरस्कार सम्पन्न
जनजातिखबर संवाददाता काठमाडौं – वल्र्ड नेवाः अर्गनाइजेशनको आयोजनामा भएको बालप्रतिभा प्रतियोगिताका विजयी बालबालिकाहरुको नाम घोषणा गरिएको छ । ग्लोबल नेवाः चिल्ड्रेन्स टेलेण्ट नाम दिइएकोे बालप्रतिभा खोज्ने प्रतियोगितामा ४९ विधा समावेश थियो । ६ वर्षमुनिका ६ वटा र ६ वर्षमाथिका ४३ विधा समाविष्ट प्रतियोगितामा एकजना सहभागीले एकभन्दा बढी विधामा आफ्नो प्रतिभा देखाउन सक्दथ्यो । यस विधामा सजगता मानन्धर,...


