उपत्यका
-
२०७९ भाद्र ४, शनिबार
काठमाडौंको फोहोर व्यवस्थान गर्न १० दिन लाग्ने
काठमाडौं - दुई महिनादेखि काठमडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन । सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १०...
-
२०७९ भाद्र ४, शनिबार
बसन्तपुरमा मौलिक बाजाको प्रदर्शनी सम्पन्न
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महा¬¬नगरभित्रमानन्धर समुदायको सघन बसोबास रहेका आठ वटा टोलले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । कार्यक्रममा चस्वांद्वँ मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुठी, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सानाःगू खलः न्हूसाः, पाक्व पुखूद्याँ सनाः...
-
२०७९ श्रावण ३१, मंगलबार
सुनागुथिमा भाद्र ४ गते संसारकै विशाल भीमसेन देवताको भव्य पूजा हुने
सहभागिताको लागि उपत्यकाका सम्पूर्ण भक्तजनहरुलाई आह्वान ललितपुरस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्वको नेवार समुदायको बस्ती सुनागुथिको बालकुमारी परिसरमा स्थापना गरिएको भीमसेनको पूजा भाद्र ४ गते शनिबार भव्यताका साथ हुने भएको छ । सुनागुथि क्षेत्रको सर्वाङ्गीण विकास तथा ललितपुरलाई नै सांस्कृतिक एवम् धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिवर्तन गरी सुपरिचित गराउन र समग्र देशकै गरिमा र गौरवलाई विश्वसामु...
-
२०७९ श्रावण २९, आइतबार
आजदेखि दैनिक २५०-३५० गाडी फोहोर बञ्चरेडाँडा पुग्ने : मेयर शाह
काठमाडौं - काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर उठाउन थालेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई शनिबार विहानदेखि विर्सजन थालिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले कुनै अवरोध नभएर आजदेखि काठमाडौं महानगरका फोहोर दैनिक रूपमा बञ्चरेडाँडामा व्यवस्थापन गरिने बताएका छन् । कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनले सामाजिक सञ्जाल...
-
२०७९ श्रावण २९, आइतबार
काठमाडौंमा भीषण वर्षा : उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । “पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ बजे सूचना जारी गर्दै भनेको छ, “...
-
२०७९ श्रावण २८, शनिबार
बालेनले अस्पताल पुगी भेटे निहारिकालाई
काठमाडौं - बलत्कारबाट रहेको गर्भबाट बच्चा जन्मिएको दाबी गर्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई शनिबार काठमाडौंका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पताल पुगेर भेटका छन् । न्यायका लागि अनसनसमेत बसेका निहारिकाले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । प्रहरीले उनलाई उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगेको थियो । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
-
२०७९ श्रावण २८, शनिबार
काठमाडौंमा गाईजात्रा पर्व मनाइँदै
काठमाडौं - परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शनिबार काठमाडौं उपत्यकामा मनाइँदै छ । यसपटक पूर्णिमा तिथि दुई दिन परेकाेमा काठमाडौं उपत्यकामा हिजो शुक्रबार जनै पूर्णिमा मनाएर आज गाईजात्रा पर्व मनाउने निर्णय गरिएको थियो । नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबू, ज्यापु महागुथिलगायतका संघसंस्थाले औपचारिक वक्तव्य जारी गरी आज गाईजात्रा पर्व मनाउन आह्वान गरेको थियो । भक्तपुर नगरपालिकामा भने हिजो...
-
२०७९ श्रावण २६, बिहिबार
ठेचोको १२ वर्षे जात्राको लागि मुल ब्यवस्थापन समिति गठन
काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोका नवदूर्गा भवानी देवी गुठीले आफ्नो १२ वर्षे जात्रा सफलतापूर्वक सञ्चालन गर्नका लागि मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन गरेको छ । गुठीले विहीबार पत्रकार सम्मेलन गरेर १२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा २७ जनाको मुल ब्यवस्थापन समिति गठन गरिएको जानकारी गराएको हो । यसका साथै उप–संयोजकहरुमा गोदावरी नगरपालिका–१२...
-
२०७९ श्रावण २६, बिहिबार
उपत्यकाव्यापी पञ्चाभिषेक रूद्री सम्पन्न
काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्री समापन समारोह सम्पन्न भएको छ । राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय देव ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै कार्यक्रम सम्पन्न भएको हो । १०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ख पाठ गरिएको...
-
२०७९ श्रावण २६, बिहिबार
मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति
काठमाडौं - काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा बुधबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्य बस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन...
-
२०७९ श्रावण २५, बुधबार
मनोहराका ८ सय घर डुबानमा
भक्तपुर - गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका-१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास...
-
२०७९ श्रावण २५, बुधबार
कीर्तिपुरमा लाखे नाच : विसंगति र विकृति
कीर्तिपुर/जहाँ नेवार समुदायको बस्ती हुन्छ, त्यहाँ लाखे नाच पनि रहेको हुन्छ । यही नाचबाट नेवार समुदायको महत्व, मौलिकता र परिचय दिइरहेको छ । जुगौंसम्म यो परम्परा जीवित रहीरहने छ । कीर्तिपुरको सन्दर्भमा, सदियौंदेखि दुईटा लाखेलाई प्रमुखता दिई सक्कली लाखेको रुपमा लिदै आइरहेको छ । कीर्तिपुरको पश्चिमपट्टिको क्षेत्रमा रहेको कीर्तिपुर नगरपालिका २ वडास्थित देवढोका टोलको लाखे र पूर्वपट्टि अवस्थित भरियाँपुखू...


