उपत्यका
-
२०७९ श्रावण २५, बुधबार
ललितपुरका जेष्ठ नागरिकले यस दसैंमा १० हजार भत्ता पाउने
ललितपुर - ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रकम पाएसँगै...
-
२०७९ श्रावण २४, मंगलबार
नर्भिकले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन समिति बनाइने
काठमाडौं - नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएपनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो । मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक...
-
२०७९ श्रावण २४, मंगलबार
फोहोर बोक्ने सवारीमाथि तोडफोडप्रति मेयर बालेनको आपत्ति
काठमाडौं - बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरूमाथि तोडफोड भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह बालेनले यस घटनाप्रति कडा प्रतिक्रिया दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत कानुनीरुपमा फोहोर बोक्ने साधनहरुमाथि तोडफोड जघन्य अपराध भएको भन्दै फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको मेयर बालेनले प्रतिक्रिया दिएका छन् । मेयर बालेनले फोहोर बोक्ने...
-
२०७९ श्रावण २१, शनिबार
काठमाडौंका सडकमा फेरि थुप्रियाे फाेहाेर
काठमाडाैं- दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो । विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको...
-
२०७९ श्रावण २१, शनिबार
श्रावण २७ गते जनैपुर्णिमा ः कीर्तिपुरमा नाईट सम्पदा यात्रा
कीर्तिपुरको ‘बहाः चाःहिलेगु’ परम्परालाई अझ रौनक एवं ऐतिहासिक यथार्थमा परिवर्तन गर्नको लागि जोशीननी हेरिटेज होम्स एण्ड रेष्टुरेन्टको आयोजनामा नाईट हेरिटेज वाक (रात्रीकालीन सम्पदा यात्रा) आयोजनाको लागि पत्रकार सम्मेलन गरेको छ । २०७९ श्रावण २० गते शुक्रबार कीर्तिपुर १० वडास्थित जोशी ननी हेरिटेज होम्स एण्ड रेष्टुरेन्ट परिसरमा भएको उक्त पत्रकार सम्मेलनमा श्रावण २७ गते शुक्रबार जनैपुर्णिमा (...
-
२०७९ श्रावण २१, शनिबार
काठमाडौंमा फेरि भुकम्पकाे धक्का महसुस
काठमाडौं - काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । यस अघि पनि गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । अपडेट : राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको...
-
२०७९ श्रावण १३, शुक्रबार
आजबाट गुंला पर्व सुरू
काठमाडौं - काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंला पर्व’ आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले धुमधामका साथ यो पर्व मनाउने गर्छन् । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घरनजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । नेपालभाषाकाे प्राचीन हस्तलिखित ग्रन्थहरूमा रहेकाे गुणीला...
-
२०७९ श्रावण १२, बिहिबार
टुकुचा किनारका घर/टहरा हटाउन काठमाडौं महानगरपालिकाको सूचना
काठमाडौं- काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटाउन महानगरले सूचना जारी गरेको हो । घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी...
-
२०७९ श्रावण ११, बुधबार
गथांमुगः पर्व मनाइयो
काठमाडाैं - प्रत्येक वर्ष श्रावणकृष्ण चतुदर्शीका दिन मनाइने गथांमुगः अर्थात् घण्टाकर्ण मंगलबार राजधानीको भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गथांमुगः अथवा घण्टाकर्ण पर्व संस्कृति पर्वअनुसार विशेष गरी राजधानीको भित्री भागका नेवार समुदायले मनाएका हुन् । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइएको छ । परापूर्वकालदेखि मनाइँदै आएको...
-
२०७९ श्रावण ८, आइतबार
सल्लाघारीमा रुख ढल्दा ३ जनाको मृत्यु,१२ जना घाइते
भक्तपुर - भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा.६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष...
-
२०७९ श्रावण ७, शनिबार
वक्तृत्वकला मूगुठीका नवनिर्वाचित अध्यक्षको आर्थिक व्यवस्था गर्ने प्रतिबद्धता
बौद्ध वक्तृत्वकला मूगुठीको १६ औं वार्षिक साधारण सभाले बौद्ध व्यक्तित्व विश्वन्तर शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार ललितपुरको न्याखाचुकःमा सम्पन्न सभाले आगामी तीन वर्षका लागि शाक्यको नेतृत्वमा कार्यसमिति चयन गरेको हो। नव निर्वाचित अध्यक्ष शाक्य युवावर्गलाई लक्ष्यित गरी बुद्ध धर्मको विकास र विस्तारमा साढे तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ। बुद्धवाणी...
-
२०७९ श्रावण ५, बिहिबार
ललितपुले २०७९/८० लाई ‘सुशासन वर्ष’को रुपमा मनाउने
काठमाडौं - ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । बुधबार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन...


