उपत्यका
-
२०७८ श्रावण २, शनिबार
संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिका लाई ७८ अङ्क प्राप्त
देश संघीय शासन पद्धतिमा गइसकेपछि गत वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि’ का प्रावधान बमोजिम गरिएको संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ । यसका लागि काठमाडौँ महानगरले आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपाल पोखरेललाई फोकल पर्सन तोकेको थियो । यस अघिको शासन व्यवस्थामा तत्कालीन...
-
२०७८ श्रावण २, शनिबार
काठमाडौँ महानगरले शुरु गर्यो विरुवा रोप्ने अभियान
काठमाडौँ महानगरपालिकाले आजदेखि विरुवा रोप्ने कार्य थालेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी चाँपको विरुवा रोप्नुभइ थाल्नुभएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो भने विरुवा रोपिसकेपछि शहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना...
-
२०७८ श्रावण १, शुक्रबार
नव प्रतिष्ठापित श्री गणेश र श्री भैरवकाे राष्ट्रप्रमुखबाट संकल्प पूजा सम्पन्न
राजा जयप्रकाश मल्लकाे पालादेखि प्रचलनमा रहेकाे येँया इन्द्रजात्राकाे मूख्य जीवित देवी र देवता श्री कुमारी, श्री गणेश र श्री भैरवकाे आज राष्ट्रप्रमुखबाट संकल्प पूजा सम्पन्न गरिएकाे छ । शाक्य महाविहार संघ काठमाडाैको संयाेजनमा नव प्रतिष्ठापित श्री गणेश र श्री भैरव संकल्प पूजाकाे लागि सम्पूर्ण पूजा सामाग्री राष्ट्रप्रमुख राष्ट्रपति विद्या देजी भण्डारी कहाँ लगिएकाे थियाे । त्यहाँ पूजाकाे ...
-
२०७८ आषाढ ३१, बिहिबार
उपत्यकाको जारी निषेधाज्ञा १० दिन थपियो
काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ। बिहीबार दिउँसो काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। थप गरिएको निषेधाज्ञामा काठमाडौं, भक्तपुर र ललितपुरका पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म...
-
२०७८ आषाढ ३०, बुधबार
चीनबाट प्राप्त स्वास्थ्य सामाग्री लुभुमा हस्तान्तरण
चीनबाट उच्च शिक्षा हासिल गरेका पूर्व विद्यार्थीहरूको संगठन अरनिको समाज र महालक्ष्मी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा चीनबाट प्राप्त स्वास्थ्य सामाग्री महालक्ष्मी नगरपालिका र लुभु प्राथमिक स्वास्थ्य चौकीलाई इक कार्यक्रम बीच हस्तान्तरण गरेको छ । कोभिड–१९ महामारी रोकथाम गर्न चीनका विभिन्न कम्पनीबाट बीस हजार पिस मास्क, ग्लोब्स, पीपीई, कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिनसहितका...
-
२०७८ आषाढ २७, आइतबार
‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ हाम्रो अभियान : मेयर शाक्य
वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापले आज संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गर्नुभयो । काठमाडौँ महानगरपालिकाले...
-
२०७८ आषाढ २६, शनिबार
मन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा कीर्तिपुरको दीखु पुल उद्घाटन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को शुक्रबार उद्घाटन गरियो । मन्त्री श्रेष्ठकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले शिलान्यास गर्नुभएको सो पुल मन्त्री श्रेष्ठले रिबन काटी उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन पश्चात भएको एक कार्यक्रममा प्रमुख अतिथि मन्त्री...
-
२०७८ आषाढ २२, मंगलबार
साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने
काठमाडौं - यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि...
-
२०७८ आषाढ २२, मंगलबार
विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका तयार
काठमाडौं - काठमाण्डाैं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन...
-
२०७८ आषाढ २१, सोमबार
असार २२ बाट उपत्यकामा जोरबिजोर प्रणाली हट्ने, सबै व्यवसाय खोलिने
काठमाडौं - काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । २२ गतेपछि सबै सार्वजनिक सवारी साधन चल्ने भएका छन्। सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख...
-
२०७८ आषाढ २१, सोमबार
कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । विभागका सूचनाअधिकारी नारायण बाँस्कोटाका अनुसार आज बिहान साढे ६ बजे कुलेश्वरलाई केन्द्रविन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
-
२०७८ आषाढ १६, बुधबार
बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास सम्पन्न
जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले दुई करोड रुपिंया आर्थिक सहयोग गरेको छ । भवन निर्माणको लागत करीब चार करोड पचास लाख...


