उपत्यका
-
२०७८ श्रावण २५, सोमबार
काठमाडौँ महानगरपालिका एक वडा, एक पार्कको नीति लिएर अगाडि बढेको दाबी मेयरको
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको दाबी गर्नु भएको छ । सोमबार वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै मेयर शाक्यले यस्तो दाबी गर्नु भएको हो र नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप नै हो भनि भन्नु भयो । मेयर शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा...
-
२०७८ श्रावण २४, आइतबार
'इन्द्रजात्रा’ पुस्तक प्रदान
हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई आज ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गर्नुभएको हो । डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन रहेको यो पुस्तक सहरी योजना आयोगले प्रकाशनमा ल्याएको हो । ०७७ भदौमा १ हजार प्रति छापेर पुस्तकको पहिलो...
-
२०७८ श्रावण २४, आइतबार
घरजग्गा र सम्पत्ति कर नतिर्ने करदातालाई काठमाडौँ महानगरको ३० दिने सूचना
घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर काठमाडौँ महानगरपालिकाले नाम सार्वजनिक गरेको छ । आज नाम सार्वजनिक गर्दै राजस्व विभागले लामो समयदेखि वडा मार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने...
-
२०७८ श्रावण २१, बिहिबार
पचली भैरव क्षेत्रका पाटी पुननिर्माण आरम्भ
काठमाडौंको टेकु स्थित पचली भैरव परिसरमा दुई वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र पुननिर्माण सम्पन्न हुनेछ । शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले आफू निर्वाचित भइसकेपछि सम्पदाको मर्मत, सम्भार र पुननिर्माण, संरक्षण, प्रवर्धन र पर्यटनसँग जोड्ने...
-
२०७८ श्रावण १९, मंगलबार
कोरोना संक्रमित बढेपछि काठमाडौंमा भिडभाड नगर्न प्रशासनको अपिल
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको छ । केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो अपिल गरेको हो । जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा...
-
२०७८ श्रावण १९, मंगलबार
कोरोना संक्रमित बढेपछि काठमाडौंमा भिडभाड नगर्न प्रशासनको अपिल
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको छ । केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो अपिल गरेको हो । जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा...
-
२०७८ श्रावण १३, बुधबार
गुठीको सांस्कृतिक काममा महानगरपालिकाको अपनत्व
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताउनुभएको छ । महानगरपालिकाको यो सहयोगले गर्दा काठमाडौंका कतिपय गुठी खलःका सदस्यहरूले सामुहिक रूपमा जग्गा खरिद गर्न थालेको र त्यहाँ महानगरपालिकाले सांस्कृतिक प्रयोजनका भवन बनाइदिएको पनि उहाँले बताउनुभयो ।...
-
२०७८ श्रावण १३, बुधबार
एकै दिन एक समयमा तीन शहरमा रुद्रि पाठ
काठमाडौं उपत्यकाको तीनवटै शहरको दरबार क्षेत्रमा एकै दिन एकै समयमा पञ्चाभिषेक रुद्रि पाठ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार राजोपाध्याय समाजले काठमाडौं उपत्यकाको तीनवटै शहरको दरबार क्षेत्रको शिवालयमा रुद्रि पाठको आयोजना गरेको हो । समाजले कोरोना महामारीबाट मुक्ति साथै देश र जनताको सुस्वास्थ्यको कामना गर्दै पञ्चाभिषेक रुद्रि कार्यक्रमको आयोजना गरेको हो । कोरोना महामारीको अवस्था र लकडाउन पनि जारी...
-
२०७८ श्रावण ११, सोमबार
दलको ह्वीप प्रधानमन्त्रीले पनि मान्नु पर्ने मेयर शाक्यको भनाइ
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवनको एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको छ । शिलान्याश कार्यक्रमका मेयर शाक्यले आफू दलीय प्रधानमन्त्रीको पक्षमा रहेको बताउँदै दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ भनि भन्नुभयो । तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएकोले मुलुकमा दलको प्रधानमन्त्री छैन भनि...
-
२०७८ श्रावण ११, सोमबार
स्यस्य: समाज यलको निर्माणाधिन भवनको शिलान्याश
स्यस्य: समाज यलको भवन निर्माणको लागि शिलान्यास कार्यक्रममा वाङमय शताब्दी पुरुष अति विशिष्ट संस्कृतिविद् डा सत्यमोहन जोशीबाट वर्तमान समय परिस्थितिलाई ध्यानमा राख्दै उहाँ कै स्वनिवासमा संकल्प पूजा गरेपछी ललितपुर महानगरपालिका को १६ नं वडा स्थित भवन निर्माण स्थलमा बिहान ८:४२ को शुभ साइतमा जग साइत पूजा गरियो । त्यस पछिको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष ई सुरेन्द्र गोविन्द जोशीबाट स्वागत मन्तव्य...
-
२०७८ श्रावण १०, आइतबार
उपत्यकामा १० दिन निषेधाज्ञा थपियो
काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञा साउन २० गतेसम्म लम्ब्याइएको हो। उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। तर, पछिल्लो समयता निषेधाज्ञा खुकुलो पार्दै लगेको छ। निषेधाज्ञा केही सहज बनाए पनि सभा, सम्मेलन, सिनेमा हल डान्सबार दोहोरी नाचघर क्लब स्वीमिङ पुल...
-
२०७८ श्रावण ३, आइतबार
चःमति आयोजना क्षेत्रमा ध्यान पार्कको शिलान्यास सम्पन्न
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार चःमतिमा एक ध्यान पार्कको शिलान्यास गर्नुभएको छ । वडा १५ स्थित चःमति जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको एक कार्यक्रमका बीच उहाँले पार्कको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि मेयर शाक्यले आयोजनाका काम सकेर ०७८ असार मसान्तभित्र उपभोक्तालाई हस्तान्तरण गर्ने योजना कोविडका कारण केही महिना पछि सरेको बताउनुभयो र...


