STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ फाल्गुण २९, आइतबार

    कांग्रेसको एक महिने चुनावी अभियान सुरु

    काठमाडौँ - सत्तासीन नेपाली कांग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आइतबार सुरु भएको छ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने चुनावी अभियान सुरु गरिएको हो । अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका...

  • २०७८ फाल्गुण २९, आइतबार

    एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन्ः अध्यक्ष दाहाल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।” अध्यक्ष दाहालले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने...

  • २०७८ फाल्गुण २८, शनिबार

    गृहमन्त्रीलाई जनमत कार्यकर्ताले देखाए कालो झन्डा

    काठमाडौं - डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले गृह जिल्ला रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झन्डा देखाएका छन् । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका–३ धकधईमा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा जनमत कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । जनमत पार्टीले उठाउँदै आएको किसानको माग सरकारले सम्बोधन नगरेको...

  • २०७८ फाल्गुण २६, बिहिबार

    मतपत्रको रङको विषयलाई लिएर रोइकराइ नगर्न काङ्ग्रेस नेताको आग्रह

    काठमाडौँ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले मतपत्रको रङको विषयलाई लिएर रोइकराइ नगर्न आग्रह गरेका छन् । रङले मात्र चुनाव नजितिने पनि उनले स्पष्ट पारेका छन् । उनले बिहीबार ट्विट गर्दै मतपत्रको रङको विषयलाई लिएर अहिले भ्रम सिर्जना गर्न खोजिएको आरोप पनि लगाएका छन् । ‘रङले चुनाव जितिने होइन,’ उनले ट्विटमा भनेका छन्, ‘आफूले गरेका कर्मका आधारमा जनताले मत दिएर चुनाव जित्ने...

  • २०७८ फाल्गुण २६, बिहिबार

    एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल नियुक्त

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । बिहीबार एमाले अध्यक्ष तथा संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रियसभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन् । भट्टराई यसअघि प्रमुख सचेतक थिए । चार वर्षे कार्यकाल सकिएसँगै राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेलको कार्यकाल सकिएपछि भट्टराईलाई नियुक्त गरिएको हो । यसैगरी...

  • २०७८ फाल्गुण २५, बुधबार

    नेपाली कांग्रेसले गर्‌यो चुनावी अभियानको घोषणा

    नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै चुनावी अभियानको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले सो अभियानको औपचारिक घोषणा गरेको हो । ‘घरघरमा जाऔँ, कांग्रेसलाई जिताऔँ’ भन्ने मूल नाराका साथ आगामी फागुन २९ गतेदेखि चैत २९ गतेसम्म अभियान सुरु भएको कांग्रेसले जनाएको छ । यो अभियानको मूल लक्ष्य नेपाली कांग्रेसलाई हरेक घरमा पु¥याउने र जनताका पीरमर्का बुझ्ने...

  • २०७८ फाल्गुण २४, मंगलबार

    मतपत्रमा हरियो रंग राख्नु अनुचित : ओली

    काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि आयोगको ध्यानाकर्षण गराएका छन् । उनले कुनैपनि कारणले मतपत्रमा हरियो रंग राख्न उचित...

  • २०७८ फाल्गुण २४, मंगलबार

    स्थानीय तह निर्वाचनको मतपत्रमा हरियो रङका चुनावचिह्न

    काठमाडौं - निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ । मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको जानकारी दिए। उनले भने, ‘मतपत्र...

  • २०७८ फाल्गुण २१, शनिबार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राँके जुलुस

    काठमाडौं - राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा काठमाडौंमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबहिलको पुल पुगेर कोणसभामा परिणत भएको थियो । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने ,भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    एमसिसी पारितविरूदेध छ साना दलकाे खुल्लामञ्चमा विराेधसभा

    काठमाडौँ - अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएपछि आन्दोलित ८ वटा साना वामपन्थी दलको संयुक्त विरोध सभा खुलामञ्चमा सुरु भएको छ । आज (शुक्रबार) विरोध सभा सुरु हुनुअघि उनीहरुले विभिन्न स्थानबाट र्‍याली समेत निकालेका थिए । एमसीसी सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सभागृहमा सुरू

    काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएकाे छ । अमेरिकी सहयाेग परियाेजना एमसीसी पास गरिएपछि उत्पन्न तीव्र विरोधका बीच माओवादीको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएकाे हाे । बिहान ११ बजे बस्ने भनिएकाे बैठक साढे १ बजेतिर मात्र सुरू भएकाे हाे । बैठक यहि फागुन २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । आज बैठकको पहिलो दिनमा पार्टी अध्यक्ष...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरू हुँदैछ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने भएको हो । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार राष्ट्रिय सभा गृहमा बस्ने बैठक यहि फागुन २२ गतेसम्म चल्नेछ । पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म...

Pages