राजनीति
-
२०७८ फाल्गुण २०, शुक्रबार
मतदाता नामावलीमा आजदेखि दाबी विरोध गर्न पाइने
काठमाडौं - स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध गर्न पाइने छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दाबी विरोध गर्न सात दिनको समय तोकिएकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनका अनुसार ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिन सकिने छ । यसका लागि प्रमुख दर्ता अधिकारी तोकिसकिएकाे पाैडेलले बताए । यसबीचमा मतदाता नामावलीमा कुनै...
-
२०७८ फाल्गुण १९, बिहिबार
विप्लव र भीम रावलबीच भेटवार्ता
काठमाडौँ - नेकपा एमाले नेता भीम रावल र नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान रावल निवास टोखामा दुई नेताबीच भेटवार्ता भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विप्लवसँग भेटवार्ता भएको नेता रावलले पुष्टि गरेका छन् । रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- 'आज नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो ।...
-
२०७८ फाल्गुण १९, बिहिबार
प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न बारको माग
काठमाडौं - नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग गरेको छ । एशोसिएशनको अखिल नेपाल कानून ब्यवसायीको १५औं राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बारले राणामाथि लगाइएको महाअभियोगको प्रस्तावलाई स्वागत गर्दै प्रस्तावमाथि यथाशीघ्र कारबाही प्रारम्भ गरी पारित गर्न माग गरेको हो...
-
२०७८ फाल्गुण १८, बुधबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७\७८’ पेश गर्नुहुनेछ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६...
-
२०७८ फाल्गुण १७, मंगलबार
व्याख्यात्मक घोषणासहित एमसिसी पास हुनु सकारात्मक : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसिसी पास हुनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ । सत्तारुढ दल नेकपा एसले पत्रकार सम्मेलन गर्दै आफूहरुको पहलका कारण व्याख्यात्मक घोषणा जारी भएको बताएको छ । नेकपा एसले एमसिसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाले जनतामा रहेको भ्रम पनि हटेको नेकपा एसले बताएकाे छ । आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसिसी जस्ताको तस्तै अनुमोदन...
-
२०७८ फाल्गुण १७, मंगलबार
व्याख्यात्मक घोषणा भ्रम मात्र : ओली
फागुन १५, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले 'व्याख्यात्मक घोषणा'ले अमेरिकी सहायता परियोजना एमसीसी संशोधन हुन्छ भनेर सत्तापक्षले जनतालाई ढाँट्ने दुष्प्रयास गरेको आरोप लगाएको छ । एमसीसीबारे आफ्ना धारणा सार्वजनिक गर्दै एमालेले सरकारले एकतर्फी व्याख्या गरेर एमसीसी संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास भएको आरोप लगाएको हो । 'प्रतिनिधिसभाको बैठकमा प्रस्तुत 'व्याख्यात्मक घोषणा'...
-
२०७८ फाल्गुण १७, मंगलबार
कर्फ्यूबीच सुर्खेतमा प्रहरीमाथि आक्रमण, १० प्रहरी घाइते
काठमाडौं - सुर्खेतमा कर्फ्यूका बीच प्रहरी टोलीमाथि आक्रमण हुँदा निरीक्षकसहित १० जना प्रहरी घाइते भएका छन् । आज बिहान कर्फ्यूकाबीच प्रहरी टाेलीमाथि ढुंगामुढा भएकाे हाे । कर्फ्यूबारे जानकारी दिँदै माइकिङ गरिरहेकाे प्रहरी टाेलीमाथि ढुंगामुढा हुँदा नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका प्रमुख लालबहादुर सुनारसहित १० जना प्रहरी घाइते भएका हुन् । घाइतेमध्ये सुनारसहित अन्य दुई जवानकाे अवस्था गम्भीर छ । ...
-
२०७८ फाल्गुण १६, सोमबार
सत्ता गठबन्धनबाट बाहिरियाे जनमोर्चा
काठमाडौं - राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । पाँच दलीय गठबन्धनको एक घटक जनमोर्चा सोमबार गठबन्धनबाट अलग भएको हो । अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा रहेको जनमोर्चाले एमसीसी संसदबाट अनुमोदन भएपछि गठबन्धन छाडेको हो । जनमोर्चाको सोमबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रतिनिधिसभामा जनमोर्चाको एक सिट छ । जनमोर्चाकै सहयोगमा गण्डकी र लुम्बिनी प्रदेशमा सरकारहरू...
-
२०७८ फाल्गुण १५, आइतबार
संसद् बैठक फागुन १८ सम्म स्थगित
फागुन १५, काठमाडौं - प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ। एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् । आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।
-
२०७८ फाल्गुण १५, आइतबार
स्थानीय चुनावका लागि ११० दल निर्वाचन आयोगमा दर्ता
फागुन १५, काठमाडौं - आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले १५ फागुनसम्मको समयसिमा दिएकोमा आइतबारअन्तिम दिनसम्ममा ११० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । तीमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यससँगै आयोगले ती दलका मापदण्ड पूरा भएन–भएको छानबिन गर्नेछ । ८० दलमध्ये मापदण्ड पूरा...
-
२०७८ फाल्गुण १५, आइतबार
एमसीसीको ११ बुँदे व्याख्यात्मक घोषणा (पूर्णपाठ)
फागुन १५, काठमाडौं - अमेरिकी सहायता परियोजना एमसीसीको ११ बुँदे व्याख्यात्मक घोषणा तयार गरिएको छ । ११ बुँदे व्याख्यात्मक घोषणासहित आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमसीसी अनुमोदन गरेको हो । प्रतिनिधिसभाको ध्वनि मतबाट एमसीसी अनुमोदन गरिएको हो । ११ बुँदे व्याख्यात्मक घोषणा संसदले पारित गरेपछि परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जानकारी गराइनेछ । अन्तर्राष्ट्रिय कानुन अनुसार दुई वा...
-
२०७८ फाल्गुण १५, आइतबार
व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी अनुमोदन
फागुन १५, काठमाडौं - अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । ११ बुँदे व्याख्यात्मक घोषणासहित आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमसीसी अनुमोदन गरेको हो । प्रतिनिधिसभाको ध्वनि मतबाट एमसीसी अनुमोदन गरिएको हो । एमाले सांसदहरुको नाराबाजी चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सभामुख अग्नि सापकोटाले निर्णाथ...


