STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ मङ्सिर १९, शुक्रबार

    प्रदेश नम्बर २ मुख्यमन्त्रीको फेसबुक पेज ह्याक

    जनकपुर – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार  बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।  मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको छ ।  मिश्रको अनुसार मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको थियाे । ह्याक...

  • २०७७ मङ्सिर १९, शुक्रबार

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने निर्णयबारे सर्वोच्चले सरकारसँग माग्याे लिखित जवाफ

    काठमाडौं - सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ । बिहीबार न्यायाधीश मीरा खड्काको एकल इजलासले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको कारणबारे १५ दिनभित्र लिखित जवाफ दिन आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को गत असोज ११ गतेको बैठकले कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतमा...

  • २०७७ मङ्सिर १८, बिहिबार

    पाैडेलले हिजाे गर्न नपाएको पुलको उद्घाटन आज गरे

    पोखरा – नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३...

  • २०७७ मङ्सिर १७, बुधबार

    नेकपा सचिवालय बैठकमा ओली अनुपस्थित, स्थायी कमिटी बैठक पनि सर्याे

    काठमाडौं – बुधबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री एव‌ं पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि २० मिनेटमै सकिएको छ ।  बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको हो । सचिवालयको अर्को बैठक मंसिर २० गते दिउँसो १ बजेका लागि बोलाइएको छ । अर्को बैठकमा अध्यक्ष ओलीको अनिवार्य उपस्थितिका लागि आग्रह...

  • २०७७ मङ्सिर १७, बुधबार

    देशैभरि प्रतिवाद गर्ने पौडेलकाे चेतावनी, पौडेलकाे पक्राउमा कांग्रेसकाे चर्काे विराेध

    तनहुँ – तनहुँकाे ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्। बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको...

  • २०७७ मङ्सिर १७, बुधबार

    पुल उद्घाटनलाई लिएर कांग्रेस–नेकपाबीच तनाव, दमाैलीमा निषेधाज्ञा जारी

    तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केहीदिनदेखि आफ्नो गृहजिल्ला तनहुँमा छन् । पौडेलले मंगलबारमात्र तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरे। उक्त उद्घाटनप्रति नेकपा तनहुँले विरोध जनाएको थियो । विरोधका बाबजुद् पौडेलले जबरजस्ती उक्त पुल उद्घाटन गरेको नेकपाका स्थानीय नेताहरूले आरोप लगाए। पौडेलले बुधबार अर्को बुल्दीखोला पुल उद्घाटन...

  • २०७७ मङ्सिर १६, मंगलबार

    नेकपा सचिवालय बैठक सुरु

    काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।  पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बेग्ला–बेग्लै राजनीतिक प्रतिवेदनको बारेमा छलफल सुरु भएको छ । पार्टी विवाद निर्णायक मोडमा पुगेपछि दुवै पक्षले अलग–...

  • २०७७ मङ्सिर १६, मंगलबार

    बालुवाटारमै सचिवालय बैठक बस्दै

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । तर मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन् । धुम्बाराहीमा...

  • २०७७ मङ्सिर १४, आइतबार

    चिनियाँ रक्षामन्त्री वेई र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    काठमाडौं – नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् । भेटमा आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीसँग...

  • २०७७ मङ्सिर १४, आइतबार

    कुहिना ठोकाएर गृहमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार आदानप्रदान

    काठमाडौं – चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका छन् । यसअघि विदेशी पाहुनासँग हात मिलाएर स्वागत गर्ने प्रचलन रहे पनि आइतबार भने गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङ्हेले कुहिनो जोडेर शिष्टाचार आदान प्रदान गरेका छन् । कोरोना महामारीका कारण हात...

  • २०७७ मङ्सिर १४, आइतबार

    चीनका रक्षामन्त्री फेङ्हेलाई नेपाली सेनाको ‘गार्ड अफ अनर’

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गरेका छन् । सेनाको मुख्यालय जंगी अड्डा पुगेर चीनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका हुन् । अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चीनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाण्डौ आएका...

  • २०७७ मङ्सिर १४, आइतबार

    काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री

    काठमाडौँ – चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका छन् । उनीले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । नेपालको एकदिने भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम्...

Pages