STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ मङ्सिर १३, शनिबार

    बन्द खाममा ओलीको प्रस्ताव

    काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा आफ्नो प्रस्ताव राखेपछि त्यसमाथि अध्ययन र आवश्यक कारबाहीका लागि सचिवालय बैठक आगामी मंसिर १६ गते बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...

  • २०७७ मङ्सिर १३, शनिबार

    चिनियाँ रक्षामन्त्री आइतबार आउने

    काठमाडौं - चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ। उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा...

  • २०७७ मङ्सिर १२, शुक्रबार

    भारतीय विदेश सचिवको प्रधानमन्त्रीसँग शिष्टाचार भेट

    काठमाडौं - भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।  बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको...

  • २०७७ मङ्सिर ११, बिहिबार

    भारतीय विदेशसचिव आज नेपाल आउँदै

    काठमाडौँ – भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत आज नेपाल आउँदैछन् । उनी बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनेछन् । आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च...

  • २०७७ मङ्सिर १०, बुधबार

    नेवाः जातीय संगठनहरुको महासंघ बन्ने तयारी

    विभिन्न जातहरुमा अाधारित जातीय् संगठनहरू अहिले सकृय छन् भने    नेवार समाजभित्र रहेका विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन गर्ने तयारी  भईरहेको छ । आज बुद्ध बार काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो । भेलाले जातीय संगठनहरुले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको र ती समस्याको समाधानको लागि सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने...

  • २०७७ मङ्सिर ८, सोमबार

    बलात्कारका घटना मिलापत्र गराए अब कैद र जरिवाना

    काठमाडौँ – सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानूनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषदले यौंनहिंसा विरुद्धका ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको हो । विद्यमान कानून सामाजमा घटिरहेका घटनालाई न्यूनीकरण गर्न प्रभावकारी नभएकाले त्यसलाई थप प्रभावकारी बनाउन अध्यादेश ल्याएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री...

  • २०७७ मङ्सिर ७, आइतबार

    सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहारको माधव नेपालद्वारा भत्सर्ना, गर्ने र गराउनेलाई कारबाहीको माग

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् । नेता नेपालले शनिवार विज्ञप्ति जारी गर्दै पार्टी काममा लागिरहेका नेता पाण्डेमाथि सुनियोजित रुपमा अभद्र व्यवहार भएको भन्दै छानबिनको माग गरेका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने...

  • २०७७ मङ्सिर ४, बिहिबार

    राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।

  • २०७७ मङ्सिर १, सोमबार

    नेपाल संवत्‌काे उपलक्ष्यमा राष्ट्रपतिबाट शुभकामना सन्देश

    काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले नेपाल संवत् नयाँ वर्षका अवसरमा आज  शुभकामना सन्देश  दिँदै यस संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त...

  • २०७७ कार्तिक २९, शनिबार

    सुनिल थापा बने कांग्रेसकाे सहमहामन्त्री

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कांग्रेस प्रवेश गरेका सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो । थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।...

  • २०७७ कार्तिक २९, शनिबार

    नेकपाकाे अर्काे बैठक मंसिर ३ मा

    काठमाडौँ - सत्तारूढ नेकपाको सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपराह्न ४ बजेपछि बसेको बैठक मंसिर ३ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारि प्रस्तुत गरेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई...

  • २०७७ कार्तिक २८, शुक्रबार

    आज नेकपाको सचिवालय बैठक बस्दै

    काठमाडौं : दुई अध्यक्षबीच निकै रस्साकस्सीपछि सत्तासीन दल नेकपाको सचिवालय बैठक आज शुक्रबार बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्। बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्माा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर...

Pages