राजनीति
-
२०७७ मङ्सिर २५, बिहिबार
हत्या गरिएका शिक्षक श्रेष्ठलाई शहीद घोषणा गर्न माग
नेपाल शिक्षक महासंघले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारबाही र दिवङ्गत उनलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाएको पत्रमा श्रेष्ठको परिवारको पालनपोषणको जिम्मा लिन पनि आग्रह गरिएको छ । अध्यक्ष थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज...
-
२०७७ मङ्सिर २५, बिहिबार
राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको झण्डा र चुनाव चिन्ह हलो सार्वजनिक गरेका छन् । राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरूको इमान्दारीताभन्दा दलगत स्वार्थ भएको आरोप लगाए । उनले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख...
-
२०७७ मङ्सिर २४, बुधबार
एआईजी दरबन्दी निर्णय कार्यान्वयन नगर्न सुशासन समितिको निर्देशन
काठमाडाैँ – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालयबाट प्रस्ताव नै नगई फरक ठाउँबाट प्रस्ताव आएकोले कानून अनुसार भए पनि विधि नमिलेको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको हो । समितिको बैठकका निर्णय सुनाउँदै समिति सभापति...
-
२०७७ मङ्सिर २४, बुधबार
साझा र विवेकशीलबीच एकता : चुनाव चिह्न तराजु
काठमाडौं – अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् । एकीकरणपश्चात् नवगठित विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु हुने भएको छ। बुधबार पार्टी एकताको औपचारिक घोषणा गर्न आयोजित भर्चुअल समारोहमा नवगठिक पार्टीको चुनाव चिह्न तराजु हुने घोषणा गरिएको हो। एकीकृत पार्टीको...
-
२०७७ मङ्सिर २३, मंगलबार
सर्वदलीय बैठक सम्पन्न : संविधानविरोधी गतिविधिविरूद्ध एकजुट हुन प्रधानमन्त्रीको अपिल
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहभागिता थियो । ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेका हुन् । सहभागी नेताहरुलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले बैठक कोभिड १९ नियन्त्रण, प्राप्त...
-
२०७७ मङ्सिर २३, मंगलबार
आज सर्वदलीय बैठक बस्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज मङ्गलवार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक विषयहरूमा छलफल हुने जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टरार्ईले जानकारी दिए । सर्वदलीय बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहने छ । मुलुकमा बढ्दो कोरोनाको...
-
२०७७ मङ्सिर २३, मंगलबार
राजसंस्था अपरिहार्य छ : राप्रपा अध्यक्ष
काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पार्टीले राजसंस्था र हिन्दुराष्ट्र गरी दुईवटा विषयलाई मूल्य...
-
२०७७ मङ्सिर २१, आइतबार
ओलीविनै नेकपाकाे स्थायी कमिटी बैठक सकियो
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो । आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले पत्र पठाएका थिए । उनको पत्र पार्टी सचिवालय सदस्य इश्वर पोखरेलले पढेर सुनाएका थिए । आगामी स्थायी कमिटी बैठक २८ मंसिरमा बस्ने नेकपा पार्टी प्रवक्ता...
-
२०७७ मङ्सिर २०, शनिबार
राजधानीमा राजावादीहरुको प्रदर्शन
काठमाडौँ – राजावादीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो । केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन...
-
२०७७ मङ्सिर २०, शनिबार
छलफल निष्कर्षमा नपुगी सचिवालय बैठक टुूंगियाे
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रस्तावमाथि छलफल भएको छ । छलफल निष्कर्षमा नपुगेपछि थप छलफल...
-
२०७७ मङ्सिर २०, शनिबार
नेकपा सचिवालय बैठक बस्दै, ओलीकाे उपस्थितिकाे सम्भावना न्यून
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने भएको हो। बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको थियो। आजको सचिवालय बैठक अगाडि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन्। सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री...
-
२०७७ मङ्सिर १९, शुक्रबार
कांग्रेसले २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २९ गते सडक प्रदर्शन गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारको कार्यशैली विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो। वरिष्ठ...


