राजनीति
-
२०७७ कार्तिक २५, मंगलबार
भारतीय विदेश सचिव नेपाल आउने
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी यही मंसिर दोस्रो सातासम्म नेपाल आउने भएका हुन् । सीमा विवादका कारण नेपालसँगको सम्बन्धमा चिसोपन आएपछि भारत सरकारले विदेश सचिव श्रृंगलालाई नेपाल पठाउन लागेको सञ्चारमाध्यमले जनाएका छन् । एक दिनअघि मात्र भारतीय सेनाध्यक्ष मुकुन्द नरबाणेको तीन दिने भ्रमण सकाएर स्वेदश फर्किएका थिए । साथै, कात्तिकको पहिलो...
-
२०७७ कार्तिक २५, मंगलबार
प्रधानमन्त्री ओली भोलि चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाँदै
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी भएको छ । प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि...
-
२०७७ कार्तिक २५, मंगलबार
सरकारी अस्पतालमा अब कोरोनाकाे परीक्षण र उपचार निःशुल्क
काठमाडौं – सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निश्चित वर्गको मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएर सबैलाई सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क र सरकारी अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गरेकाे एक मन्त्रीले जानकारी दिए ।...
-
२०७७ कार्तिक २५, मंगलबार
हटाइयाे पुस्तकमा लगाइएको कर
काठमाडाैँ – गत आर्थिक वर्षदेखि जुनसुकै पुस्तक आयातमा १० प्रतिशतका दरले लगाइएको भन्सार महसुल हटाइएको छ । साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले साे निर्णय गरेकाे हाे । एक मन्त्रीका अनुसार अब जुनसुकै पुस्तक आयात गर्दा भन्सार महसुल नलिने निर्णय भएको छ । गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा १० प्रतिशतका दरले भन्सार...
-
२०७७ कार्तिक २५, मंगलबार
बंगलादेशबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय
काठमाडाैँ – बंगलादेशले पैंचो मल नदिने भएपछि खरिद नै गरेर ल्याइने भएकाे छ । बंगलादेशसँग पैँचो मल नपाएपछि सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निणर्य गरेको हो । बंगलादेशबाट ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले जानकारी दिए । यसअघि सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने जनाएको थियो । ‘जुन कम्पनीबाट जुन मल...
-
२०७७ कार्तिक २४, सोमबार
शहरी विकास मन्त्री श्रेष्ठ र नेवाः पत्रकार राष्ट्रिय दबूबीच बृहत अन्तरक्रिया सम्पन्न
शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीबीच शहरी विकासको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको तर्फबाट केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनिल महर्जन, सचिव केके मानन्धर, कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, पूर्ण दुवाल, अस्मित मल्ल, विराजकाजी...
-
२०७७ कार्तिक २४, सोमबार
आजकाे कांग्रेस बैठक बिहीबारकाे लागि सारियाे
काठमाडौँ - आज साेमबार बस्ने भनिएकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्तिमार्फत बैठक सारिएको जानकारी दिएका छन् । उनका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि...
-
२०७७ कार्तिक २३, आइतबार
प्रधानमन्त्री ओलीद्वारा नवनिर्वाचित अमेरिकाकी राष्ट्रपति बाइडनलाई बधाई
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडनलाई हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले आज बिहान ट्वीटरमार्फत नवनिर्वाचित राष्ट्रपति बाइडनलाई ऐतिहासिक जित निकालेकाेमा बधाई ज्ञापन गरेका हुन् । नवनियुक्त राष्ट्रपति बाइडनसँगै कमला ह्यारिसलाई पनि प्रधानमन्त्री ओलीले बधाई दिएका छन्। कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति हुन् ।...
-
२०७७ कार्तिक २२, शनिबार
लिखित पत्र बुझाएर प्रधानमन्त्री र प्रचण्डबीचको छलफल टुंगियो
काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । बिहान ११ बजेदेखि बसेको बैठक दुई घण्टा चलेको थियो । बैठकमा पार्टीभित्र देखिएको विवादका विषयमा छलफल भएको बुझिएको छ । शुक्रबार प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकको निष्कर्षअनुसार प्रचण्डसहित सचिवालय सदस्य प्रधानमन्त्रीलाई भेट्न बालुवाटार...
-
२०७७ कार्तिक २१, शुक्रबार
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको...
-
२०७७ कार्तिक २१, शुक्रबार
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित
काठमाडाैं– तीन दिवसीय नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरबाणे नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा एक समारोह आयोजना गरी नरबाणेलाई मानार्थ उपाधिको दज्र्यानी लगाइदिएकी हुन् । राणाशासक वीर शमशेरको पालादेखि शुरु भएको मानार्थ पदवी आदनप्रदानकै निरन्तरताका रुपमा नरबाणे नेपाल भ्रमणमा आएका हुन् । नरबाणेले यसअघि भारत...
-
२०७७ कार्तिक २०, बिहिबार
भारतीय स्थलसेनाध्यक्ष वसन्तपुर र पशुपतिक्षेत्रमा
काठमाडौं - भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले बुधबार वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि उनी बुधबार यहाँ आइपुगेका हुन् । भारतीय सेनाध्यक्ष नरवणेका साथ उनकी धर्मपत्नी विना पनि छिन् । उनले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेकाे सैनिक...


