राष्ट्रिय
-
२०७८ चैत्र ३, बिहिबार
‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय
म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगार पटार...
-
२०७८ चैत्र ३, बिहिबार
फागुपूर्णिमाको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ । फागुपूर्णिमाका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले...
-
२०७८ चैत्र ३, बिहिबार
आज फागु पूर्णिमा हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ, - वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ । केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे । फागु पर्व सभ्य हुन थालेपछि भने बुधबार पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो । फागुन...
-
२०७८ चैत्र १, मंगलबार
एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो
काठमाडौँ - आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ । प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ सम्म दरखास्त दिनेगरी एक लाख म्यादी प्रहरीको भर्ना खोलेको हो । ४० दिनको अवधि रहने म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको व्यक्तिले म्यादी आवेदन दिन सक्ने छ । यो अवधिमा एक म्यादी प्रहरीले जिम्मेवारी पूरा गरेवापत् करिब ४४ हजार रुपैयाँ पाउने छ ।
-
२०७८ चैत्र १, मंगलबार
प्रशान्त ताम्राकारले अभिनय गरेको होली इष्ट एण्ड वेष्ट गीत सार्वजनिक
नेपालका ख्यातिप्राप्त मोडल एवं कलाकार प्रशान्त ताम्राकारले अभिनय गरेको विभिन्न भाषा र भाव समेटिएको “होली इष्ट एण्ड वेष्ट” गीत सार्वजनिक भएको छ । प्रोजेक्ट बाजा नेपालको प्रयासमा तयार भएको यस गीतमा प्रसिद्ध कलाकार ताम्राकारको अमेरिकी कलाकार स्टेफनी थ्रोन्टोनद्वारा अभिनय रहेको छ ।प्रोजेक्ट बाजा नेपाल नेपाली परम्परागत संगीत संरक्षण एवं प्रवद्र्धनका लागि विभिन्न रचना मार्फत क्रियाशील रहँदै आएको...
-
२०७८ चैत्र १, मंगलबार
लाइसेन्सनकाे अनलाइन आवेदन फेरि बन्द
काठमाडौं - यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्सनका लागि अनलाइन आवेदन लिने कार्य फेरि स्थगन गर्ने भएको छ । सोमबार एक सूचना जारी गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अनिश्चतकालको लागि स्थगन गर्न लागेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए । ‘अहिलेसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग एक महिना जति अनलाइन आवदेन बन्द हुन्छ ।’ अहिले ३–४...
-
२०७८ फाल्गुण २४, मंगलबार
जनयुद्धमा मारिएका ७३ माओवादी नेताका संझनामा शहीद स्तम्भ पार्क निर्माण
खोटाङ, २४ फागुन ९रासस० ः साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क ९उद्यान० निर्माण गरिएको छ । दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो । पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद...
-
२०७८ फाल्गुण २४, मंगलबार
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं - ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला...
-
२०७८ फाल्गुण २२, आइतबार
अब युट्युव च्यानलको लागि पनि इजाजतपत्र लिनुपर्ने
काठमाडौं - अब युट्युव च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण (एघारौं संशोधन) नियमावलीमा, २०७८ जारी गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । नियमावलीमा उल्लेख भएअनुसार इन्टरनेटको माध्यमबाट हुने युट्युवलगायत विभिन्न ‘ओटीटी प्लेटफर्म’का साथै इन्टरनेटमार्फत् नियमित...
-
२०७८ फाल्गुण १९, बिहिबार
आज ग्याल्पो ल्होसार मनाइँदै
काठमाडौं - शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो...
-
२०७८ फाल्गुण १७, मंगलबार
सेना दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं - सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस मंगलबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको उनी...
-
२०७८ फाल्गुण १७, मंगलबार
आज महाशिवरात्रि
काठमाडौं - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू...


