STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ माघ १४, शुक्रबार

    मनाङमा जनसंख्याभन्दा मतदाता धेरै

    माघ १३, काठमाडौं (रासस)- केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको  तथ्याङ्क विसं २०७४ को मतदाताको संख्याभन्दा कम  देखिएको छ ।  २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो ।  १० वर्षपछि जनसंख्या ३५५ ले घटेको देखिएको छ । उक्त ...

  • २०७८ माघ १३, बिहिबार

    सहिद धर्मभक्त माथेमाको सम्झना

    सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण  गरी उहाँलाई स्मरण गरिएको छ । माथेमा जन्मिनुभएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गर्नुभएको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकेको छ । आज उहाँको उक्त शालिकमा नै...

  • २०७८ माघ १३, बिहिबार

    अनुमतिबिना तस्बिर,भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

    गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।  मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ । सार्वजनिकस्थलमा...

  • २०७८ माघ १२, बुधबार

    मास्क नलगाउनेलाई जरिवाना

    मकवानपुर जिल्लाका  सार्वजनिकस्थलमा मास्क नलगाई  हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ ।   जिल्ला प्रहरी कार्यालयबाट खटिएको  टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने  ६० जनालाई  रु १०० का दरले जरिवाना गरेको हो ।    कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ  हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले...

  • २०७८ माघ १२, बुधबार

    नेपालको जनसंख्या २ करोड ९१ लाख

    माघ १२, काठमाडौं - नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या...

  • २०७८ माघ ११, मंगलबार

    कामपामा अनुगमन कार्यविधि मस्यौदा समिति गठन

    काठमाडौँ महानगरपालिकाले  अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो । आज कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित...

  • २०७८ माघ ११, मंगलबार

    भ्रष्टाचारमा यस वर्ष पनि नेपाल विश्वको ११७ औं स्थानमा

    माघ ११, काठमाडौं - नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो । १८० वटा मुलुकहरुको बरियताक्रममा...

  • २०७८ माघ १०, सोमबार

    सहिद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण

    सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो । कोविड महामारीका कारण यस बर्ष औपचारिक रुपमा सभा आयोजना गरिएन । मन्तव्य राखिएन...

  • २०७८ माघ १०, सोमबार

    अब भिजिट भिसामा पनि खाडी देश र मलेसिया जान पाइने

    माघ १०, काठमाडौं - भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले सच्याएको छ । अत्यावश्यक काम र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान पाइने मन्त्रालयले जनाएको छ । अब तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी देश र मलेसिया भ्रमणका लागि सरकारले प्रस्थान अनुमति दिनेछ । कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी देश र मलेसियामा गएर नेपाली बिचल्लीमा परेको गुनासो...

  • २०७८ माघ ९, आइतबार

    ‘विश्व सम्पदा’मा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णय कुर्दै पनौती

     ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका–७ विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग ९युनेस्को०द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम...

  • २०७८ माघ ९, आइतबार

    आइतबार देशभरका अदालत बन्द

    काठमाडौं, माघ ९ - पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो । काठमाडौंको...

  • २०७८ माघ ७, शुक्रबार

    प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

    काठमाडौं, माघ ७ - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका- छन् । प्रधानमन्त्रीमा नियुक्त भएको ६ महिनापछि पहिलो पटक प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।  देउवा असार २९ मा पाँचौँपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ‍सम्बाेधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम एक वर्षभित्रै सबै तहको निर्वाचन गर्नुपर्ने दायित्वमा सरकार सचेत रहेको...

Pages