STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ फाल्गुण ४, बुधबार

    विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’

    सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति तीन महिना मात्र बाँकी छ ।  महोत्तरीसहितका मधेश प्रदेशका जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य सबैजसो दलले चुनाव केन्द्रित गतिविधि सुरु गरेको देखिन्छ ।     सरकारले चुनावको मिति तोकेलगत्तै मधेशमा नेकपा ९एमाले० ले...

  • २०७८ फाल्गुण ४, बुधबार

    ६३९ सङ्क्रमित थपिए

    देशभर पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोभिड–१९  सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७५६ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।     योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ४९३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४४ रहेको छ । पछिल्लो समय थप एक हजार ६००...

  • २०७८ फाल्गुण १, आइतबार

    ५२१ मा कोरोना सङ्क्रमण

    देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  गत २४ घण्टामा तीन हजार ९३५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  कूलमा सङ्क्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या...

  • २०७८ माघ २६, बुधबार

    पाल्पा दरबार सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै

    गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । काठमाडौँमा बस्न थालेपछि उहाँ ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसक्नुभएको थियो । सङ्ग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ ।     पाल्पा दरबार सङ्ग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुगा,...

  • २०७८ माघ २६, बुधबार

    राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीका तर्फबाट उहाँका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।  आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको...

  • २०७८ माघ २४, सोमबार

    ११ हजार परीक्षण गर्दा एक हजार ५७० सङ्क्रमित

    पछिल्लो २४ घण्टामा एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार १११ पुगेको छ । पछिल्लो समय ६ हजार १४६ जना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख १५ हजार ४८९...

  • २०७८ माघ २४, सोमबार

    स्थानीय तहको निर्वाचन वैशाख ३० मा

    सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो । राजनीतिक...

  • २०७८ माघ २३, आइतबार

    आज श्रीपञ्चमी, सरस्वती पूजा र अक्षराम्भ

    माघ २३, काठमाडौं - आज श्रीपञ्चमी, हरेक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने गरेका छन् । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती,...

  • २०७८ माघ २२, शनिबार

    सगरमाथाको हिमनदी पग्लिने क्रम बढ्दो

    माघ २२, काठमाडौं - सगरमाथाको उच्च भागमा रहेको हिमनदी (साउथ कोल ग्लासियर) पग्लिने क्रम बढेको अध्ययनकर्ताहरुले बताएका छन् । अमेरिकाको मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीले गरेको अध्ययन अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीको एक सय ८० फिटभन्दा धेरै हिउँ गुमेको पाइएको बीबीसीले जनाएको छ । जलवायु परिवर्तनको असरका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । २५...

  • २०७८ माघ २२, शनिबार

    आइतबारदेखि मौसममा सुधार

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ । अपरान्हपछि उपत्यकाको मौसममा सामान्य...

  • २०७८ माघ १९, बुधबार

    दलित समुदायको अधिकारबारे अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग

    समता फाउण्डेशनले दलित समुदायको अधिकारबारे संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । अदालतले मङ्गलबार तीन महिनाभित्र दलितको हकअधिकार सुनिश्चित हुनेगरी आवश्यक व्यवस्था मिलाउन सङ्घीय संसद् सचिवालय र सरकारका नाममा आदेश जारी गरेको थियो । फाउण्डेशनले आज विज्ञप्ति जारी गरी अदालतको आदेशको पालना गर्न गराउन सरकार, सामाजिक सङ्घसंस्था,...

  • २०७८ माघ १९, बुधबार

    पूजापाठ गरी मनाइयो सोनाम ल्होसार

    तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधना गरी मनाइएको छ ।     राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्रमा सोनाम ल्होसार मनाउने गरिन्छ । बौद्ध क्षेत्रका गुठी एवं चैत्यमा पूजा पाठ गरिए पनि औपचारिक कार्यक्रम भने गरिएन । बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको भने भीड देखिएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक...

Pages