STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ फाल्गुण ४, बुधबार

    कोटेश्वरमा ट्याक्सी जलाउन खोज्नेसहित उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

    काठमाडौं - काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने पनि छन् । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको...

  • २०७८ फाल्गुण १, आइतबार

    बतास समूहको पक्षमा उच्च अदालतको आदेश

    उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो ।   “अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६र०१र३० को करार सम्झौताबमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नु÷नगराउनु भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ”, फैसलामा भनिएको...

  • २०७८ माघ २८, शुक्रबार

    आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय बन्यो त्रिपुरेश्वर चोकमा

     कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा काठमाडौँ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको छ ।   काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार विहान उक्त शौचालयको उद्घाटन  गर्नु भयो । बढी भिडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा  आधुनिक शौचालय निर्माणलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेको ...

  • २०७८ माघ २७, बिहिबार

    पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

    माघ २७, काठमाडौं - कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले...

  • २०७८ माघ २६, बुधबार

    अब करीब १५ दिनमा कमलपोखरीको उद्घाटन गर्ने मेयर शाक्यको उदघोष

    माघ २६, काठमाडौं - काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने उदघोष गर्नु   भएको छ । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित...

  • २०७८ माघ २५, मंगलबार

    इन्द्रायणी पार्कको मेयर शाक्यद्वारा शिलान्यास

    माघ २५, काठमाडौं - काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार मेयर शाक्यले पार्कको शिलान्यास गरेका हुन् । २ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड...

  • २०७८ माघ २४, सोमबार

    फागुन १ देखि स्कुल खुल्ने

    माघ २४, काठमाडौं - फागुन १ गतेदेखि भौतिक उपस्थितिमै काठमाडौं उपत्यकाका विद्यालयहरु सञ्चालनमा आउने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने निर्णय गरेको हो । तर १२ वर्ष पुरा नभएका विद्यार्थीहरुको...

  • २०७८ माघ २४, सोमबार

    काठमाडौंमा जोर बिजोर प्रणाली हट्यो

    माघ २४, काठमाडौं - कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीका साधनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीका साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय मध्यरातिबाट लागू भएको हो । ७ माघ मध्यरातिदेखि जोर बिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीका साधनमा जोर...

  • २०७८ माघ २२, शनिबार

    पाटनमा भिमसेन मन्दिर स्थानीयको अग्रसरतामा पुनःनिर्माण

    पाटन दरबार क्षेत्रस्थित विश्व सम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति मार्फत मन्दिर पुनःनिर्माण कार्यले पूर्णता पाएको हो भने सो मन्दिर स्थानिय समुदायको अगुवाईमा पुनःनिर्माण भएको पाटन दरबार क्षेत्रको पहिलो मन्दिर बन्न  पुगेको छ ।त्यति मात्र नभई पुनःनिर्माणमा लागेको कूल लागत मध्ये समुदायकै बढी हिस्सा ओगटिएको कुरा पुनःनिर्माण...

  • २०७८ माघ २०, बिहिबार

    पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना

    पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दामाथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ शुरुको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दावी गर्नुहुन्छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित उक्त जग्गामा दोस्रो वर्षदेखि त्यहाँ बसेवापत् श्रेष्ठको खेतबारीमा काम गरेर भाडाको पैसा कटाउँदै आएको उहाँ बताउनुहुन्छ । तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का...

  • २०७८ माघ १५, शनिबार

    सार्वजनिक सवारीमा जोरविजोर हट्यो, ट्याक्सी र निजीमा कायमै

    माघ १५, काठमाडौं - काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा शुक्रबार जारी आदेशमा...

  • २०७८ माघ १४, शुक्रबार

    माधवनारायण मेलामा घस्रदै यात्रा

    एक महिने माधवनारायण व्रत एवं मेलाको क्रममा आज एकादशीका दिन पुरुष बर्तालुले टौमढीको तिल माधवनारायणको मन्दिरदेखि हनुमान घाटस्थित त्रिवेणीसम्म गुल्टिँदै, घस्रिँदै र पल्टिँदै कठिन यात्रा पार गर्दै माधवनारायणको दर्शन गरेका छन् ।    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको एक महिने मेला पूर्ण गर्न व्रत बसेका ब्रतालुले भक्तपुरका टौमढी, गोल्मढी, दत्तात्रय लगायतका क्षेत्रमा पल्टिँदै,...

Pages