उपत्यका
-
२०७८ फाल्गुण २१, शनिबार
कोरोनाका कारण काठमाडौँमा लगाइएका सबै प्रतिबन्ध हटाइयो
ओमिक्रोन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा लागू गरिएका सबै प्रकारका प्रतिबन्ध शनिबारबाट लागू हुने गरी हटाइएको छ । शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । तीनवटै जिल्लाले अलग–अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था...
-
२०७८ फाल्गुण २०, शुक्रबार
अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माणका लागि शिलान्यास सम्पन्न
असंभलु अजिमाका रुपमा पुजिंदै आएको अन्नपूर्ण देवी को देवघर पुननिर्माणका लागि शुक्रबार शिलान्यास सम्पन्न भएको छ । काठमाडौँ महानगरको वडा नं २७ भोटाहिटीमा रहेको देव घर बनाउन आज महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । यस देव घरमा असन चोकमा विराजमान रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्तिहरु, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा...
-
२०७८ फाल्गुण २०, शुक्रबार
पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ । “गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य,...
-
२०७८ फाल्गुण १९, बिहिबार
बहाःबही सम्बन्धी ललितपुरमा बृहत गोष्ठी हुने
काठमाडौं उपत्यकाका बौद्ध विहार (बहाःबही) को इतिहास र संस्कृति सम्बन्धी पुस्तक तयार पार्ने उद्देश्यले फागुण २१ गते शनिबार ललितपुरमा बृहत अन्तर्क्रियात्मक गोष्ठी हुने भएको छ । बौद्ध विहार संघ ललितपुरले पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा दुई दिने गोष्ठी गर्न लागिएको कुरा विहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । गोष्ठीको विषय नेपाल मण्डलको बहाःबहीको इतिहास, संस्कृति र अभ्यास बौद्ध संगोष्ठी...
-
२०७८ फाल्गुण १९, बिहिबार
बहाःबही सम्बन्धी ललितपुरमा फागुण २१ र २२ गते बृहत गोष्ठी
काठमाडौं उपत्यकाका बौद्ध विहार (बहाःबही) को इतिहास र संस्कृति सम्बन्धी पुस्तक तयार पारे उद्देश्यले फागुण २१ गते शनिबार ललितपुरमा बृहत अन्तक्र्रियात्मक गोष्ठी हुने भएको छ । बौद्ध विहार संघ ललितपुरले पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा दुई दिने गोष्ठी गर्न लागिएको विहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । गोष्ठीको विषय नेपाल मण्डलको बहाःबहीको इतिहास, संस्कृति र अभ्यास बौद्ध संगोष्ठी राखिएको छ...
-
२०७८ फाल्गुण १९, बिहिबार
कीर्तिपुरको मेयर उम्मेदवार निश्चितप्रायः, नेपाली कांग्रेसबाट नगर सभापति कृष्णमान डंगोल
कीर्तिपुर/आउँदो बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तयारीका लागि नेपाली कांग्रेस कीर्तिपुरले सक्रियता देखाएको छ । नेपाली कांग्रेस कीर्तिपुरका नगर सभापति कृष्णमान डंगोल आउँदो स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरको मेयर उम्मेदवार हुने निश्चितप्रायः भइसकेको विशेष स्रोतले जानकारी दिएको छ । विशेष स्रोतका अनुसार, नेपाली कांग्रेस कीर्तिपुरमा अर्का मेयर उम्मेदवार २०७४ को स्थानीय...
-
२०७८ फाल्गुण १९, बिहिबार
‘उम्मेदवारीको निर्णय पार्टीमा निर्भर’ –कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन
‘सरकारद्वारा घोषित स्थानीय निर्वाचन निर्धारित समयमैं हुन्छ’ –मेयर रमेश महर्जन सार्वजनिक सरकारी विदाका दिनमा पनि कीर्तिपुर मेयर रमेश महर्जन नियमित कार्यालय कार्यमा आज बिहिबार ग्याल्पो ल्होसारको दिन, नेपाल सरकारले सरकारी कार्यालय, विद्यालय, संघसंस्थालाई अधिराज्यभर सार्वजनिक विदाको घोषणा गरेको भए पनि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन कार्यालय उपस्थित भई आफूले गर्नुपर्ने नियमित कार्य...
-
२०७८ फाल्गुण १०, मंगलबार
चैतभित्र काठमाडौंको सडकमा साझाको बिजुली बस
साझा यातायातले खरिद गर्न लागेका बिजुली गाडी तयार भएका छन् । २०७७ चैतमा ठेक्का आह्वान गरिएका ४० वटा बिजुली गाडीमध्ये कम्पनीले आगामी २१ चैतसम्ममा तीनवटा गाडी साझालाई हस्तान्तरण गर्ने साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । ‘गाडी बनिसक्यो । ती तीनवटा गाडी ल्याएर परीक्षण गर्छौं । सबै ठीक भए १७ साउनभित्र बाँकी ३७ वटा हस्तान्तरण गर्छ,’ उनले भने । ९ मिटर लामो यो गाडी २५ सिट...
-
२०७८ फाल्गुण ९, सोमबार
नेवाः देय् दबू काठमाडाैं महानगरमा शाेभा महर्जन बज्राचार्य अध्यक्ष
नेवाः देय् दबू काठमाडाैं महानगर काठमाडाैंकाे पुष्पलाल मार्गस्थित न्यू जेनिथ स्कुलमा भएकाे पहिलाे अधिवेशनबाट आगामी तीनवर्षकाे लागि २७ जनाकाे कार्यसमिति चयन गरिएकाे हरछ भने अध्यक्षमा शाेभा महर्जन बज्राचार्य चयन हुनुभएकाे छ । कार्यक्रमका मुख्य अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि वास्तवमा अहिलेको संघीयता संघीयता नै नभएको...
-
२०७८ फाल्गुण ७, शनिबार
एक सातादेखि उठेन काठमाडौंकाे फाेहाेर
फागुन ७, काठमाडौं - काठमाडौं महानगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न महानगरवासीमा उर्दी जारी गरेको छ ।शनिबार सार्वजनिक सूचना नै जारी गरेर महानगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न भनेको हो । १ फागुनबाट काठमाडौंमा फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्न थालेका बेला महानगरले आफैँ व्यवस्थापन गर्न भन्दै उर्दी जारी गरेको हो । महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ...
-
२०७८ फाल्गुण ७, शनिबार
काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा
काठमाडौं– सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले गोकर्णेश्वर र राप्तीलाई...
-
२०७८ फाल्गुण ४, बुधबार
वाग्मती किनारको सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिने
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थितरूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको छ । सुकुम्बासीका प्रतिनिधिसँगको छलफलमा भएको सहमतिअनुसार नदी किनारको अव्यवस्थित बस्ती हटाउन समिति गठन गर्ने सहमति भएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो । समितिमा सुकुम्बासीका एक जना प्रतिनिधिलाई पनि समावेश गराइने भएको छ...


