STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ बैशाख ६, मंगलबार

    कलाकार हरिप्रसादको अभिनन्दन गरिने

    कला सिर्जना र सम्पदा संरक्षणमा अनवरत योगदान गर्दै आउनुभएका वरिष्ठ कलाकार हरिप्रसाद वैद्यलाई नेवाः ग्वहालि पुचः नेपाः, वडा नं १३ र १५ ले आउँदो वैशाख १० गते शनिबार अभिनन्दन गर्ने भएको छ । पुरातात्विक सम्पदाका वास्तुकला ज्ञाता, डिजाइनर, चित्रकार, सङ्गीतज्ञ तथा भ्वायलिन गुरु ८५ वर्षीय वैद्यका जीवनभरका उपलब्धिहरुलाई पनि आयोजक संस्थाले नेपाल कला परिषद्, बबरमहलमा तीन दिनसम्म प्रदर्शनीमा राख्ने भएको छ ।...

  • २०७९ बैशाख ६, मंगलबार

    सुन प्रतितोला रु ४०० ले घट्यो

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो । त्यस्तै आज चाँदी अघिल्लो कारोबारको...

  • २०७९ बैशाख ४, आइतबार

    उपत्यकाको फोहोर अझै उठ्न सकेन

    काठमाडौं - लामो समयदेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर अझै सडकबाट उठ्न सकेको छैन । केही दिन अघिदेखि विभिन्न अवरोधका कारण उठ्न नसकेको फोहोर पासाङ ल्हामु शेर्पा राजमार्ग अन्तर्गतका स्थानीयसँगको समन्वयमा खुलेको थियो । तर अझै पनि उपत्यकाको विभिन्न चोकहरुमा उत्तिकै फोहोर थोपारिएको छ । लामो समयदेखि चर्चामा रहेको काठमाडौं उपत्यकाको फोहोरले फेरि पनि चर्चा पाउने भएको छ । उपत्यकाबाट पूर्ण रुपमा फोहोर...

  • २०७९ बैशाख ४, आइतबार

    द्यः स्वगं पूजा मनाइयो

    बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यः स्वगं पूजा सगुन जात्रा धुमधामका साथ मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । देवीदेवतालाई सगुन पूजा गर्न आआफ्ना...

  • २०७९ बैशाख ३, शनिबार

    ललितपुरमा स्थानीय चुनावमा तिब्र प्रतिस्पर्धा हुने

    स्थानीय निकायको चुनाव नजिकिंदै जांदा ललितपुर महानगरपालिकाका बिभिन्न वडाहरुमा भित्र भित्रै चुनावी माहौल तातिंदै छन । वडा हांक्नकालागि बहालवाला जनप्रतिनिधिहरु तयारी गरिरहेका छन् । यसैबीच ललितपुरका अधिकांश वडाहरुमा इकाइ नेताहरु आफ्नै जनप्रतिनिधि बिरुद्व मोर्चाबन्दि गरिरहेका छन् । इकाई नेताहरु जनताका आवाज सुन्न छोडेर आफ्नै आसेपासेहरुलाई चुनावी टिकटका लागी एकआपसमा बिरोध गर्दै छन् भने केहि स्थानहरुमा...

  • २०७९ बैशाख २, शुक्रबार

    टुँडालदेवीको हराएको गहना खोज्न भाटभटेनी जात्रा

    टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा आजदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदै छ । जात्राका लागि नक्सालको माने खटसमेत ल्याइने जात्रा सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काठमाडौँ–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।...

  • २०७९ बैशाख २, शुक्रबार

    सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा

    बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका साथ सिन्दुर बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने...

  • २०७९ बैशाख १, बिहिबार

    आज सपनतीर्थ मेला

    काठमाडौँ - काठमाडौँको टोखास्थित सपनतीर्थमा हरेक नयाँ वर्षको पहिलो दिन लाग्ने सपनतीर्थ मेलामा यसपटक पनि श्रद्धालुको घुँइचो लागेको छ । आज वैशाख १ गते बिहानैदेखि श्रद्धालुहरुको घुँइचो लागेको छ भने पोखरीमा स्नान गर्नेहरुको पनि भीड छ । छालासम्बन्धी सबै रोगबाट मुक्ति पाउने विश्वासका साथ सपनतीर्थ पोखरीमा स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको छ । नयाँ वर्षको स्वागत आफ्नै मौलिक शैलीमा यहाँ मेला तथा जात्रा...

  • २०७९ बैशाख १, बिहिबार

    भक्तपुरमा उठाइयो हात नभएको ल्योसिंद्यो

    काठमाडौं- बिस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको 'ल्योसिंद्यो' (लिङ्गो) ठडाइएको छ । प्रत्येक वर्षको अन्तिम दिन दिउँंसो ल्योसिंद्यो उठाउने गरिन्छ । यो लिगोलाई स्थानीय टोलबासीले उठाउँछन्। डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी हेर्न पुग्छन् । प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो ।...

  • २०७८ चैत्र २९, मंगलबार

    बिस्का जात्राभित्रका जात्रा

    नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का ९बिस्केट० जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः ९लिङ्गो० उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । सुरुमा यो जात्रा दुई दिनमात्र मनाइन्थ्यो तर विभिन्न कालखण्डमा यो...

  • २०७८ चैत्र २६, शनिबार

    मयुरबर्ण महाबिहार भिन्छेबहालबाट हराएको मुर्ति फर्काइयो

    ललितपुर स्थित मयुरबर्ण महाबिहार भिन्छेबहालबाट बि सं २०३८ सालमा चोरिएको मुर्ति अमेरिकाबाट फिर्ता भइ पुरातत्व बिभाग संग प्रकृया पुर्ण गरि छाउनिस्थित राष्ट्रिय सङ्ग्रहालयबाट सुरक्षित रुपमा भिन्छेबहालमै फर्काइएको छ । सो हराएको मुर्ति बि सं २०५६ मै अमेरिकाबाट  ल्याइएको थियो । सङ्ग्रहालय प्रमुख जयराम श्रेस्ठका अनुसार लामो समयदेखि ललितपुरको मयुरबर्ण महाबिहार भिन्छे बहालका सम्बन्धित पक्षबाट खोजिनिति...

  • २०७८ चैत्र २६, शनिबार

    सेताे मच्छिन्द्रनाथ जात्रा सुरू, रथ असन पुर्‍याइयाे

    काठमाडौं - सेतो मच्छिन्द्रनाथको रथजात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । आज पहिलाे दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‌याइएको छ ।  दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन...

Pages