STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ जेठ २७, मंगलबार

    सरिता गिरीलाई सांसद जस्तो गरिमामय पदमा बस्ने नैतिक आधार छैन : कमल थापा

    काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समाजवादी दलकी सांसद सरिता गिरीले सांसद पद छाडुनुपर्ने बताएका छन्। लिम्पियाधुराबारे विवादास्पद अभिव्यक्ति दिएकी सांसद गिरीलाई सांसद जस्तो गरिमामय पदमा बस्ने नैतिक आधार नरहने थापाले बताएका छन्। राप्रपा अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने, स्वीकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार...

  • २०७७ जेठ २७, मंगलबार

    विभिन्न खाले मुकुण्डोमा सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन

    काठमाडौं - कोरोना महामारी र लकडाउनकाे समय सरकारले कर तिर्न ताकेता गरेको विरोधमा बालुवाटारमा मंगलबार बिहान प्रदर्शन भएको छ । सरकारको कदमको विरोध गर्दै बालुवाटार क्षेत्रमा भेला भएका सामाजिक अभियन्ता र व्यावसायीले प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएका १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् । साथै, पछिल्लो समय १४ दिन अस्पतालमा राख्दा पनि लक्षण नदेखिए डिस्चार्ज गर्ने...

  • २०७७ जेठ २५, आइतबार

    गगन थापाको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो?

    काठमाडाैं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधिसभा संसदमा बोलेका सांसद थापाले शिक्षाका कार्यक्रमले निराश बनाएको उल्लेख गरे। सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न उठाएका हुन्। ‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो...

  • २०७७ जेठ २५, आइतबार

    विद्युतीय सवारीमा कर बढाएकोमा कांग्रेसको विरोध

    काठमाडाैं  - विद्युतीय सवारीमा कर बढाउने कुराको प्रतिपक्षी कांग्रेसले विरोध गर्दै आएको छ।  आइतबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक सुरू गरेलगत्तै कांग्रेस सांसदले उठेर विरोध गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई चुनावी घोषणापत्र सम्झाएको छ। नेकपाले ‘आगामी तीन वर्षमा काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन मात्र प्रयोग गर्ने’ चुनावी घोषणा...

  • २०७७ जेठ २५, आइतबार

    जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

    काठमाडौं - समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन...

  • २०७७ जेठ २४, शनिबार

    नेपालमा रामदेवको योग प्रतिबन्ध हुनुपर्छ : नेमकिपा

    काठमाडाैं-चिकित्सा विज्ञानले प्रमाणित नगरेको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतमा विनियोजन शीर्षक माथिको खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद सुवालले रामदेवको योगमाथि प्रतिबन्ध लगाएर फिजिओ थेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास संचालन...

  • २०७७ जेठ २१, बुधबार

    लकडाउन सम्बन्धमा प्रधानमन्त्रीले लिए विज्ञसँग सुझाव

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रका विज्ञसँग बुधबार साँझ छलफल गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञसँगको छलफल चार घण्टासम्म चलेको थियो। ‘प्रधानमन्त्रीज्यूले आज आयोजना गर्नुभएको विभिन्न क्षेत्रका विज्ञसँगको परामर्श बैठक सम्पन्न...

  • २०७७ जेठ १८, आइतबार

    संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश

    काठमाडौं - नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रतिनिधिसभामा पेश भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधनको प्रस्ताव पेश गरेकी हुन्। प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयपछि मन्त्री तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरेकी थिइन्। उनले नेपालको...

  • २०७७ जेठ १७, शनिबार

    दलितको सामूहिक हत्याप्रति समाजवादी पार्टीको घोर निन्दा

    काठमाडौं – प्रेम सम्बन्ध र विवाहको सन्दर्भमा जाजरकोटक भेरी नगरपालिका ४ रानागाउँका नवराज वि.क.लगायत उनका साथीहरुको दलित भएकै कारण भएको सामूहिक हत्याको घटनालाई लिएर समाजवादी पार्टीले घोर निन्दा एवं भत्र्सना गरेको छ । पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरी एक विज्ञप्ति जारी गर्दै रुकुमको उक्त घटनालाइ अमानवीय एवम् क्रूरको संज्ञा पनि दिइएको छ । विज्ञप्तिमा...

  • २०७७ जेठ १७, शनिबार

    साझा पार्टीको युवा संगठनको केन्द्रीय समिति बिस्तार

    विजयरत्न असंबरे साझा पार्टीको युवा दस्ताको रुपमा रहेको साझा युवा संगठनले आफ्नो केन्द्रीय समितिमा ११ जना नयाँ सदस्य थपेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले उक्त निर्णय गरेको कुरा साझा युवा संगठनका संयोजक अब्दुस मियाँले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । साझा युवा संगठनको केन्द्रीय समितिमा नयाँ थपिएका सदस्यहरूमा सफा लुगा स्टार्टअपका संस्थापक एवम् पब्लिक स्पिकर नेपालका...

  • २०७७ जेठ १५, बिहिबार

    गणतन्त्र दिवस : ८ कैदीको सजाय माफी, २३३ को मिनाहा

    काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेत ८ जना व्यक्तिहरुलाई विभिन्न अदालत न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसला...

  • २०७७ जेठ १५, बिहिबार

    रुकुमको दलित नरसंहारविरुद्ध आन्दोलन चर्कियो

    काठमाडौं – पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारविरुद्ध रुपन्देहीमा आन्दोलन चर्किएको छ । बुधबारबाट स्वतःस्फूर्त रुपमा सुरु भएको नरसंहारविरुद्धको प्रदर्शनको दोस्रो दिन बिहीबार पनि विभिन्न संघसंस्था, मानव अधिकारवादी तथा दलित नागरिक अभियानले छुटाछुट्टै रुपमा प्लेकार्डसहितको विरोध प्रदर्शन गरेका हुन । बुटवलको पुष्पलाल पार्कमा बिहीबार विहान स्वतःस्फूर्त रुपमा दलित नागरिक अगुवा, मानव अधिकारकर्मीको...

Pages