STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ जेठ ३१, शनिबार

    काठमाडाैंमा शान्तिपूर्ण प्रदर्शन

    काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले हातमा गुलाबको फूल लिएर सरकारलाई आफ्नो दायित्व नबिर्सिन स्मरण गराएका छन् । माइतीघरमण्डल क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब...

  • २०७७ जेठ ३१, शनिबार

    कीर्तिपुरमा सरकारविरोधी प्रदर्शन, सडकबाटै प्रधानमन्त्रीको राजिनामा मागियो

    कीर्तिपुरका युवाहरुले सरकारको नकारात्मक कदमको विरोध गर्दै प्रधानमन्त्री केपी शर्माको राजीनामा समेत मागेका छन् । सरकारको विरोध प्रदर्शनको क्रममा युवाहरु सडकमा उत्रिएर विरोधका प्लेकार्ड प्रदर्शन गरे । लकडाउनको समय सरकारले कोरोना भाइर संक्रमणको लागि उपयुक्त कदम नचालेको, जनताको करबाट राष्ट्रपतिको आलिशान करोडौं पर्ने कार्पेट काण्ड, एमसीसी काण्ड, कोरोना रोकथाममा १० अर्ब खर्च, भारतसँगको सीमा विवाद,...

  • २०७७ जेठ ३१, शनिबार

    सांसद सरिता गिरीको विधेयक संशोधन अस्वीकृत

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीद्वारा दर्ता गरिएको संविधान संशोधन विधेयकमाथिको संशोधनको सूचना अस्वीकृत भएको जनाएका छन् । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै दफावार छलफल सुरु गरिएको छ ।...

  • २०७७ जेठ ३१, शनिबार

    संशोधन विधेयक सर्वसम्मतले पारित, नयाँ नक्साकाे निशानछापमा सबै एकमत

    काठमाडौं - संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको...

  • २०७७ जेठ ३१, शनिबार

    संशोधन विधेयक संसदबाट पारित हुँदै, नयाँ निशानछाप आउने

    काठमाडाैं - भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसारको निशान छाप संशोधन गर्न सरकारकाले पेश गरेको विधयेक शनिबार संसदबाट पारित हुनेभएको छ । नयाँ नक्सा खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्तावलाई छलफलमा नलगी सरकारको संशोधन विधेयक संसदबाट पारित गर्ने भएको छ । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार...

  • २०७७ जेठ ३०, शुक्रबार

    सरकारविरुद्ध बुटवलमा प्रदर्शन

    काठमाडाैं - केहीदिन यता सामाजिक सञ्जालमार्फत आह्वान भई स्वतस्फूर्तरुपमा भेला भएर युवाहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोही अनुसार शुक्रबार बुटवलमा पनि सरकारविरुद्ध प्रदर्शन भएको हो । मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुल सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको१० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा...

  • २०७७ जेठ २९, बिहिबार

    सरकारकाे निर्णयकाे खबर प्रहरीसम्म कहिले पुग्छ ?

    काठमाडाैं - बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गर्दै पसलहरु खोल्न दिने र सवारी साधनहरु जोर कि बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । तर, सरकारको निर्णय बिहीबार बिहानसम्म राजधानीकै प्रहरीसम्म पुगिसकेको छैन । बिहीबार बिहान प्रहरीले नयाँबानेश्वर संसद भवन अगाडि केही मोटरसाइकल र स्कुटीहरु नियन्त्रणमा लिएपछि सर्वसाधारण र प्रहरीवीच भनाभन भइरहेको थियो ।...

  • २०७७ जेठ २९, बिहिबार

    लकडाउनपछि मात्र कर तिर्ने व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश

    काठमाडौँ - सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेपछिको ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको आदेशमा बन्दाबन्दी खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । “नेपाल सरकार, अर्थ...

  • २०७७ जेठ २८, बुधबार

    प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?

    काठमाडाैं - नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई कोरोना रोकथामा सरकार असफल भएको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनपछि उनले पुरक प्रश्नहरु सोधेका छन् । जुन यसप्रकार छः सरकारले ५ वटा पिसिआर मेसिन किनेको छ, तर पाँच वटै किन चल्दैन ? क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ? हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ? नेपालमा मृत्यु भएकाहरुको...

  • २०७७ जेठ २८, बुधबार

    सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न तरुण दलको माग

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरि सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी सांसद गिरीले बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही...

  • २०७७ जेठ २८, बुधबार

    पार्टीले दियाे सांसद गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिने निर्देशन

    काठमाडौं - समाजवादी पार्टीले सांसद सरिता गिरीलाई उनले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। बुधबार पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति सार्वजनिक गर्दै संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। विज्ञप्तिमा गिरीले उक्त प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। सांसद गिरीले नेपालको संविधान दोस्रो संशोधन विधेयक खारेज गर्न माग गर्दै...

  • २०७७ जेठ २८, बुधबार

    लकडाउन सहजीकरण गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल लम्बिएपछि बुधबार दिउँसो २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक साँझको लागि सरेको थियो। आजको मन्त्रिपरिषद बैठकमा लकडाउन सहजीकरणको विषयमा छलफल हुने र लकडाउन सहजीकरण गर्न छलफल जनाइएकाे छ । बैठकमा लकडाउनको मोडालिटीका विषयमा तयार भएको प्रस्तावमाथि छलफल हुन लागेको हो। केहीबेरअघि...

Pages