उपत्यका
-
२०७९ श्रावण ४, बुधबार
भित्री सहरका लागि काठमाडौं महानगरले किन्यो तीनवटा दमकल
काठमाडौं - काठमाडौं महानगरपालिकाभित्रका भित्री सहरका लागि उपयोगी ३ वटा दमकल ल्याएको छ । काठमाडौं महानगरको विपद व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जानसक्ने खालको दमकलहरु ल्याएको हो । एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब २ करोड लागतमा यी दमकलहरु किन्ने निर्णय गरेका थिए । विपद् व्यवस्थापन विभागका प्रमुख...
-
२०७९ श्रावण ४, बुधबार
काठमाडौं महानगरको अपील, ‘७ दिनसम्म घरबाट फोहोर बाहिर ननिकालौँ’
काठमाडौं- ७ दिनसम्म घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौं महानगरपालिकाले अपिल गरेको छ । आज काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्याउन यस्तो निर्णय गरेको हो । फोहोर व्यवस्थापनको कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबाट समाधान गर्ने प्रयास गर्नुपर्छ...
-
२०७९ श्रावण ४, बुधबार
बोरिङ खन्दा निस्केकाे ग्याँस १७ घण्टापछि बन्द
काठमाडौं - काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा लेदोसहित निस्केकाे ग्याँस आउन १७ घण्टापछि बन्द भएकाे छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा बाेरिङ खन्ने क्रममा मंगलबार बिहानदेखि मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा निस्केकाे थियाे । नगरपालिकाका मेयर दीपक रिसालले आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित मुस्लो निस्किन बन्द भएको जानकारी दिए । अहिले त्यस वरपर ट्यांकरकाे पानी हालेर सरसफाइ...
-
२०७९ श्रावण ३, मंगलबार
बोरिङ खन्दा लेदो माटोको फोहोरा
काठमाडौं - जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदो माटो र पानीको फोहोरा निस्किएको छ। लेदो माटोसहितको पानीको फोहोरा घरभन्दा निकै माथिसम्म पुगेको प्रहरी वृत्त बौद्धले जनाएको छ। सोमबार बिहान १० बजेबाट निस्किएको फोहोरा हालसम्म रोकिएको छैन। प्रहरीका अनुसार सो ठाउँबाट ग्यास निस्किएको आशंकाले उक्त क्षेत्रमा आगो नबाल्न आग्रह गरिएको छ। यसको बारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको बताइएको छ...
-
२०७९ श्रावण ३, मंगलबार
चन्द्रागिरी नगरपालिकाले पनि फोहोर वर्गीकरण गरी उठाउने
काठमाडौं - चन्द्रागिरी नगरपालिकाले फोहोर वर्गीकरण गर्न आम नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा आज बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो । बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र...
-
२०७९ श्रावण ३, मंगलबार
नेपाल समाचारपत्र र हिमालय टिभीलाई कारबाही गर्न मेयर बालेनको उजुरी
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालय टेलिभिजनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् । २०७९/८० को बजेट कुनै आमुक संस्थालाई उपलब्ध गराउन लागेको भन्ने समाचार सम्प्रेषण गराउने नेपाल समाचारपत्र र हिमालय टेलिभिजनमाथि पत्रकार आचारसंहिता २०७३ (संशोधित २०७६ सहित) को दफा ७...
-
२०७९ श्रावण ३, मंगलबार
पार्किङ व्यवस्थित बनाउन अन्डरग्राउण्डका गोदाम हटाइने
काठमाडौँ - ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्डभित्रका संरचना...
-
२०७९ श्रावण २, सोमबार
कामपाकाे प्रवक्तामा नवीन मानन्धर नियुक्त
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उहाँ कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत...
-
२०७९ श्रावण १, आइतबार
महानगरले विदेशी पाहुना आमन्त्रण गरी इन्द्रजात्रा मनाउने
काठमाडौं - काठमाडौं महानगरपालिकामा २०७९ को इन्द्रजात्रा विदेशी पाहुना आमन्त्रण गरी मनाइने भएको छ । आइतबार बसेको काठमाडौं महानगरपालिकाको छैटौँ नगरसभा बैठकमा प्रमुख बालेन शाहले यस्तो प्रस्ताव गरेका हुन् । नगरसभा सदस्यले उक्त प्रस्ताव स्वीकार गरेका हुन् । ‘हाम्रा विदेशी भगिनी सम्बन्ध भएका सिस्टर सिटिजका प्रमुख, उपप्रमुख लगायतका पाहुनालाई आमन्त्रण गरी इन्द्रजात्रा मनाउने सन्दर्भमा प्रस्ताव पेस गर्छु...
-
२०७९ आषाढ ३२, शनिबार
महानगरले बनायाे फाेहाेर उठाउने तालिका, बार ताेकी कुहिने र नकुहिने फाेहाेर लिनआउने
काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण...
-
२०७९ आषाढ २९, बुधबार
उपत्यकामा मात्रै १२५ जनामा सङ्क्रमण पुष्टि
पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा दुई हजार ८२ नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र एक हजार ९३ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका...
-
२०७९ आषाढ २९, बुधबार
काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु
काठमाडौं- निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर मंगलबारदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको...


