STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ आषाढ १२, आइतबार

    काठमाडौंका बाजा खलस्हरुलाई परम्परागत बाजा हस्तान्तरण

     काठमाडौंका बाजा खलस्हरुलाई शनिवार परम्परागत बाजा हस्तान्तरण गरिएको छ। खुशिँबुस्थित नेपास् बैंक्वेटमा आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ९ ९क० मा परम्परागत बाजा संचालन गरि आएका बाजा खलस्हरुलाई बाजा वितरण गरिएको हो। बागमती प्रदेश सरकारको विषयगत मन्त्रालयक अन्तर्गत मेधा नेपालको व्यवस्थापनमा आज बाजाहरु वितरण गरिएको हो। बागमती प्रदेश सभा सदस्य अजय क्रान्ति शाक्यले बाजा खलस्हरुलाई बाजा...

  • २०७९ आषाढ १२, आइतबार

    काठमाडौं महानगरका ७५ वर्ष पूरा भएकालाई वार्षिक १२ हजार भत्ता

    काठमाडौं - २०७८ असार मसान्तभित्र ७५ वर्ष पूरा भएका काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकलाई मेयर विशेष भत्ताबापत वार्षिक १२ हजार उपलब्ध गराइने भएको छ । आइतबार महानगरको नीति तथा कार्यक्रम पेश गर्दै काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले असार मसान्तभित्र ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार मेयर विशेष भत्ताबापत उपलब्ध गराइने बताएका हुन् । नीति तथा कार्यक्रमभित्र नेपाल...

  • २०७९ आषाढ ९, बिहिबार

    कोरोना प्रभावित पत्रकार र नेवाः मिडिया हाउसका समस्यामा अन्तर्क्रिया सम्पन्न

    नेपालभाषाको सन्चार जगतमा अलग्गै पहिचान बनाउन सफल लहना मिडियाले विहीबार राजधानीमा कोरोना प्रभावित पत्रकार र नेवाः मिडिया हाउस विषयक बृहत अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । लहना मिडियाका अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सोही  कार्यक्रममा प्रुमुख अतिथीका रुपमा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा नेपालभाषा, संस्कृति, सम्पदा लगायत...

  • २०७९ आषाढ ७, मंगलबार

    ललितपुरमा मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न

    ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण हालै सम्पन्न भएको छ । ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षणमा करिब २० जना युवाहरुको सहभागिता रहेको थियो । लोटस रिसर्च सेन्टरकै हलमा सोमबार आयोजना भएको समापन समारोह ललितपुर महानगरपालिका २० वडा अध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र...

  • २०७९ आषाढ ६, सोमबार

    ललितपुरमा बालक्लब रनिङशिल्ड हाजिर जवाफ शुरु

    ललितपुर महानरपालिका–२० को आयोजनामा  वडास्तरीय बालक्लब रनिङशिल्ड हाजिरजवाफ प्रतियोगिता शनिबार  नटोल स्थित जलविनायकमा शुरु भएको छ । ललितपुर महानरपालिका–२० को वडास्तरीय बालक्लबले आयोजना गरेको सो प्रतियोगिताको उपमेयर मञ्जली शाक्य (आस्था) ले उद्घाटन गर्नुभयो । सो अवसरमा उपमेयर शाक्यले बालबालिकाको क्षमता विकास, अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि यस किसिमका रचनात्मक क्रियाकलाप अत्यन्त महत्वपूर्ण रहेको...

  • २०७९ आषाढ ५, आइतबार

    काठमाडौं महानगरको नीति तथा कार्यक्रम प्रस्तुत

      काठमाडौं - काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले सो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गिकरण गर्ने व्यवस्था...

  • २०७९ जेठ ३०, सोमबार

    आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमबाट युवा लाभान्वित

    नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको आयोजनामा सञ्चालित १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमबाट यो क्षेत्रमा पाइला बढाइ रहेका युवा वर्ग लाभान्वित  भएको बताइएको छ । सो तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तीले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई संविधानले दिएको हक अधिकारका विषय...

  • २०७९ जेठ २८, शनिबार

    भक्तपुर केन्द्र बनाई ४.७ काे भूकम्प गयाे

    काठमाडौं - काठमाडौ उपत्यका सहित देशका विभिन्न भागमा भुकम्पको झट्का महसुस गरिएको छ । शनिबार विहान २ बजेर ३५ मिनेटमा भुकम्पको झट्का महसुस गरिएको हो । भक्तपुर चाँगुनारायणलाई केन्द्र बनाई ४.७ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • २०७९ जेठ २७, शुक्रबार

    मध्यरात काठमाडौंकाे फाेहाेर उठाउने सहमति

    काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । बिहीबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो। सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर लैजान पाइने छ । आज (शुक्रबार)देखि फोहोर विसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने छ । सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने सहमति भएको छ...

  • २०७९ जेठ २६, बिहिबार

    नबिलकाे शाैचालय पनि सर्वसाधारणले निःशुल्क प्रयाेग गर्नपाउने

    काठमाडौं - नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । बुधबार काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ । तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शौचालय...

  • २०७९ जेठ २६, बिहिबार

    बञ्चरेडाँडामा फोहोर फाल्न सकिएन्, काठमाडौंको सडकमा फोहोरको पहाड

    काठमाडौं - काठमाडौंका सडकमा महिनादिनदेखि थुप्रिएका फोहोरले यहाँका सडक दुर्गन्धित बन्दै गएको छ भने अर्कोतर्फ यहाँको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू पनि फोहोर नफाली फर्किएका छन् । बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ । फोहोरकाे राजनीतिले काठमाडौंका नवनिर्वाचित...

  • २०७९ जेठ २४, मंगलबार

    काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित

    काठमाडौं - काठमाडौँ महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित भएका छन् । आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी)की मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका...

Pages