उपत्यका
-
२०७९ जेठ २२, आइतबार
नेवार समुदाय सिथि नखः पर्व मनाउँदै
काठमाडौं- नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (...
-
२०७९ जेठ २१, शनिबार
होन्डाको सबै शोरुममा निःशुल्क शौचालय प्रयाेग गर्न पाइने
दुई पाँग्रे सवारी साधन होन्डाको सबै शो रुमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ । परिवर्तन सुरु हुन्छ हामीबाट भन्ने मुल नाराका साथ कम्पनीले यो योजना सुरु गरेको हो । एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अबदेखि सबै होन्डा शो रूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने ज्योती ग्रुपका निर्देशक शौरभ ज्योतिले घोषणा गरे । काठमाडौं महानगरपालिकाले रेष्टुरेन्टका शौचालय र पेट्रोल पम्पका शौचालयलाई सावर्जनिक...
-
२०७९ जेठ २१, शनिबार
आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै
काठमाडौं - आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्ममती पुर्याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा स्थानीय बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर...
-
२०७९ जेठ १९, बिहिबार
स्वर्णमय बन्यो गोकर्णेश्वर महादेव मन्दिरको छाना
काठमाडौँ - दैनिक बालयन्त्रको पूजा आराधना हुने राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेप लगाउने कार्य सम्पन्न गरिएको छ । छानामा सुनको लेप लगाउने काम गर्दा मन्दिरको पूजा आराधनामा कमी, कमजोरी वा त्रुटि भएको भए क्षमा पाउँ भनी आज क्षमा पूजा सुरु गरिएको छ । क्षमा पूजाका क्रममा १८ वटै पुराणको वाचन गरिने मन्दिरको छाना निर्माण समितिले जनाएको छ । कार्यक्रमको शुभारम्भ...
-
२०७९ जेठ १७, मंगलबार
मेलम्चीको पानी बन्द
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ । निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिनुभयो । आजदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि...
-
२०७९ जेठ १६, सोमबार
काठमाडौंका हाेटलका शाैचालय सार्वजनिक प्रयाेगमा ल्याइने
काठमाडौं - काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए । यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि...
-
२०७९ जेठ १६, सोमबार
काठमाडौंका समस्या सुनुवाइकाे लागि कल सेन्टर र समाधान टास्कफाेर्सबाट
काठमाडौं - काठमाडौं महानगरको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापन सम्बन्धी एजेन्डा प्रमुखताका साथ उठाइएको छ। काठमाडौंमा फोहोर व्यवस्थापन जटिल बन्दै गएपछि महानगरको पहिलो बैठकमै फोहोर व्यवस्थापन कसरी गर्ने सम्बन्धमा बहस चलेको हो। सोमबार नगरसभाको पहिलो लाइभ बैठकमा ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै मेयर शाहले महानगरभित्रको ढल, पानी, सडकको समस्याको सुनुवाइका लागि कल सेन्टर राख्ने र टास्क...
-
२०७९ जेठ १६, सोमबार
मेयर बालेनद्वारा पदभार ग्रहण, आज ४ बजे नगरसभाकाे पहिलाे बैठक बस्दै
काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सोमबार पदभार सम्हालेपछि साहले महानगर बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ । उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताए । काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको उनले बताए।
-
२०७९ जेठ १६, सोमबार
काठमाडौंका मेयर बालेन र उपमेयर सुनिताले नेपालभाषाबाट शपथ लिए
काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगाेलले पद तथा गोपनीयताको शपथ ग्रहण नेपालभाषामा लिएका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । पहिले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र...
-
२०७९ जेठ १४, शनिबार
जित लगत्तै मेयर बालेन फिल्डमा, सिसडाेल र बञ्चरेडाँडा अवलाेकन
काठमाडौं - प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालीपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् । शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् । बालेनकाे यस कार्य र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको छ । मेयरमा जितेसँगै दुवै फिल्डमा खटिएका छन् ।...
-
२०७९ जेठ १३, शुक्रबार
सबै जनप्रतिनिधिसँग सहकार्य गरेर महानगरकाे विकासमा जुट्नेछु : उपमेयर सुनिता डङ्गोल
काठमाडौं- काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले अब सबै जनप्रतिनिधिसँग सहकार्य गरेर महानगरकाे विकासमा जुट्ने बताएकी छिन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् । उनले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि...
-
२०७९ जेठ १३, शुक्रबार
नवनिर्वाचित मेयर बालेनकाे प्रतिबद्धता : काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु
काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरे । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले भने, ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’ काठमाडौं महानगरलाई नै एउटा...


