राजनीति
-
२०७७ आषाढ ८, सोमबार
दीपक मनाङेले दिए प्रदेशसभाको विकास समितिबाट राजीनामा
काठमाडाैं - दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको जनाइएकाे छ । समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको र जुन ठाउँमा बसेर काम गर्न सकिँदैन त्यहाँ बस्नुको कुनै औचित्य नरहेको जनाउँदै...
-
२०७७ आषाढ ८, सोमबार
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित
काठमाडौँ, ८ असार : राष्ट्रियसभाले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, “अख्तियार...
-
२०७७ आषाढ ६, शनिबार
नेकपा सचिवालय बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको...
-
२०७७ आषाढ ६, शनिबार
सरिता गिरीमाथि राज्य विरुद्धको कसुरमा जाहेरी
काठमाडौं - सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा जाहिरी परेको छ । अधिवक्ता त्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि जाहरी दिएका हुन् । शुक्रबार दिउँसो ५ बजे उजुरी दर्ता पनि भइसकेको छ । अदालतले पक्राउका लागि अनुमति दिएपछि प्रहरीले पक्राउ गर्नेछ । सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई...
-
२०७७ आषाढ ६, शनिबार
'बेसार प्यार, काम कहिले सरकार ?'
काठमाडौं - काठमाडौंको शहीदगेटमा सरकारविरुद्ध युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन्। शनिबार बिहान राष्ट्रिय झण्डासहित स्वतस्फूर्त रुपमा उत्रिएका युवा प्लेकार्डसहित सडकमा सुतेर विरोध जनाएका हुन्। सरकारले जनताका पीडा नबुझेको, कोरोना संकटमासमेत सरकार भ्रष्टाचारमा लिप्त भएको, स्वास्थ्य सामग्री खरिदमा भएका भ्रष्टाचारका ठूलठूला तथ्य सार्वजनिक गर्दा पनि सरकार चुपचाप बसेको, आरडीटी मात्र परीक्षण गरेर...
-
२०७७ आषाढ ६, शनिबार
नेकपाकाे निर्णय : विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता, निर्णयप्रति कांग्रेस र मधेसवादी दलको कडा आपत्ति
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार बिहान बसेको सोे पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले स्वदेशी पुरुषसँग...
-
२०७७ आषाढ ५, शुक्रबार
नेपालको संविधान संशोधन विधेयक प्रमाणीकरण
काठमाडौँ, ४ असार - राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी जानकारी दिनुभएको हो । सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र...
-
२०७७ आषाढ ४, बिहिबार
पहिचान पक्षधरहरु एउटै चिह्न लिई चुनावमा जाने तयारीमा
काठमाडौं – पहिचानमा आधारित संघीय गठबन्धनको कार्यसमितिको बैठक बुधबार बसेको छ । थारुवान राष्ट्रिय मोर्चाको कार्यालयमा बसेको बैठकमा पहिचान पक्षधरहरु एकजुट भई अघि बढ्न छलफल भएको जनाइएको छ । नेपाः राष्ट्रिय पार्टीलगायत संविधान सभामा प्रतिनिधित्व भएका जनजाति पार्टी र थारु मोर्चालगायत खसान संघर्ष समितिलाई समावेश गरी वर्षदिनभित्र ए.एन.सी. मोडेलअनुरुप एउटा चुनाव चिह्न लिएर चुनावमा जानुपर्नेमा जोड दिएको...
-
२०७७ आषाढ ४, बिहिबार
नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित
काठमाडौं - नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । ५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ भने अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी भएनन् । अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका...
-
२०७७ आषाढ २, मंगलबार
खर्च कटौतीको प्रस्ताव : स्वास्थ्य, शिक्षा र अर्थतन्त्रको विकासमा ध्यान दिनुपर्ने
काठमाडाैं, असार २ - राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले –कोभिड–१९ का कारण अस्तव्यस्त भएको मुलुकको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा योजना आवश्यक रहेको बताउनुभएको छ । सरकारले ल्याएको बजेटले प्रभावित क्षेत्रलाई सम्बोधन गर्न नसकेको उहाँहरुको भनाइ थियो । सांसदहरुले मन्त्रालयका विषयगत...
-
२०७७ आषाढ २, मंगलबार
काँग्रेस काठमाडौँ कार्यसमितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडाैं - नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँ ले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुँज) नेतृत्वको टोलीले आज बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे माग राखी ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था...
-
२०७७ आषाढ १, सोमबार
सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाइने
काठमाडौं - समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः...


