उपत्यका
-
२०७९ जेठ ५, बिहिबार
१० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार यसपटक पराजित
काठमाडौं - ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यस पटक भने पराजित भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा ११ औँ पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनी यस पटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए । ८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद...
-
२०७९ जेठ ५, बिहिबार
जित्नेमा आशावादी छु : सिर्जना सिंह
काठमाडौं - कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार सिर्जना सिंहले आफूले अझै जित्नेमा आशावादी रहेको बताएकी छिन् । बिहीबार दिउँसो मतगणनास्थल राष्ट्रिय सभागृह पुगेकी सिंहले भनिन्, 'हामीले वडामा जितिरहेका छौँ । अझै १ लाखभन्दा बढी मत गन्न बाँकी छ । त्यसैले जित्ने आशा अझै छ ।' सिंहले मतपरिणामबारे अहिले नै बोल्न हतारो हुने बताइन् । 'मतपरिणामबारे अहिले नै बोल्नु हतारो हुन्छ,' उनले...
-
२०७९ जेठ ५, बिहिबार
काठमाडौं ४ वडामा एमाले प्यानल विजयी
काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै विजयी भएको छ । कुल ९ हजार २ सय ८० मत खसेकोमा ४ हजार ६ सय ४ मत ल्याउँदै दिनेश महर्जन वडाध्यक्षमा विजयी भएका हुन् । वडा नम्बर ४ सहित गरेर पाँचवटा वडामै एमालेको प्यानल नै विजयी भएको छ । यसअघि आएको मतपरिणामअनुसार काठमाडौं महानगरपालिको वडा नम्बर १,२,३,४ र ५ मा एमालेतर्फकै उम्मेदवार विजयी भएका हुन् ।
-
२०७९ जेठ ५, बिहिबार
काठमाडौं महानगर - बालेनको अग्रता कायमै, उपमेयरमा सुनिता अगाडि
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ११२०४ मतले अघि रहेका छन् । दिउँसो तीन बजे प्राप्त मतगणनाअनुसार बालेन २३५८४ मत पाएका छन् । स्थापितले १२३८० मत पाएका छन् भने गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ११४९९ मत पाएकी छन् । उपमेयरतर्फ सुनिता डंगोलले मत...
-
२०७९ जेठ ४, बुधबार
स्थानीयवासीको अवरोधका कारण फोहर व्यवस्थापनमा समस्या
काठमाडौँ महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहरले आफूहरुलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहर राख्न नदिएपछि काठमाडौँका...
-
२०७९ जेठ ४, बुधबार
कामपा २८ काे पनि मतगणना सुरु : बालेनकाे अग्रता भंग, स्थापितले ल्याए धेरै मत
काठमाडौं - अहिले वडा नम्बर २८ काे पनि मतगणना सुरु भएकाे छ । प्रारम्भिक परिणाममा बालेन पछि परेका छन् । २०० मतगणना हुँदा स्थापितले सबैभन्दा धेरै ६०, बालेनले ४६ र सिर्जनाले ३३ मत पाएकी छन् । यसैगरी, वडा नम्बर ७ मा भने एमालेका स्थापितलाई भन्दा कांग्रेसकी सिर्जनालाई बढी मत मिलेको छ । अहिलेसम्म ७ नम्बर वडाको ६ सय मतगणना हुन बालेनले २८१, सिर्जनाले ९३ र स्थापितले ८८ मत पाएका छन् । पछिल्लो परिणामअनुसार...
-
२०७९ जेठ ४, बुधबार
काठमाडौं ३ वडामा एमालेकाे प्यानल विजयी
काठमाडौं - काठमाडौं महानगरपालिका-३ को अध्यक्षमा नेकपा एमालेका प्रेम थापा निर्वाचित भएका छन् । २ हजार १३८ मतसहित थापाको प्यानलै विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेश अधिकारीले १ हजार ४९१ मत ल्याए । थापाको प्यानलबाट महिला सदस्य सीता थापा, दलित महिला सदस्यमा शर्मिला परियार, खुला सदस्यमा केशवप्रसाद श्रेष्ठ र कृष्ण चालिसे निर्वाचित भएका छन् ।
-
२०७९ जेठ ४, बुधबार
मध्यपुर थिमीको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन्। कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने एमालेका मदनले ११ हजार ३५ मत पाएका छन्। त्यस्तै नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापतिले दुई हजार २५ मत पाएका छन्...
-
२०७९ जेठ ३, मंगलबार
बालेनको १२८७७ मत आउँदा स्थापितकाे ६८७८ र सिर्जनाकाे ६१०१ मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १२८७७ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६८७८, नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ६१०१, मदनदास श्रेष्ठ (राप्रपा) ले ८०९, सुमन सायमी (स्वतन्त्र) ले ६६७, समीक्षा बास्कोटा (विवेकशील साझा पार्टी) ले ८८ मत...
-
२०७९ जेठ ३, मंगलबार
तारकेश्वरकाे मेयर र उपमेयरमा कांग्रेस विजयी
काठमाडौँ — तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका कृष्णहरि महर्जन र सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट मेयर र उपमेयर जितेका रामेश्वर बोहरा र भवानी डोटेल धिताल यसपटक भने पराजित भएका छन् । २०४९ सालपछि निरन्तर जसो एमालेको पकड रहेको यो क्षेत्रमा पहिलो पटक कांग्रेसले जितेको हो । यसपटक कांग्रेसले मेयर, उपमेयरसहित बहुमत सिटमा जितेको छ । मेयरमा...
-
२०७९ जेठ ३, मंगलबार
बालेनले १० हजार कटाउँदा स्थापित र सिर्जना सिंहकाे ५ हजार बढी मत
काठमाडाैं - शुक्रबार (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख तथा उप-प्रमुख पदका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट- प्रमुख काठमाडौं महानगरपालिका १, बालेन साह (स्वतन्त्र)- १०८९९ २, केशव स्थापित (एमाले)- ५८४१ ३, सिर्जना सिंह (कांग्रेस)- ५११४ ४, सुमन सायमी (स्वतन्त्र)- ६३३ ५, समीक्षा बाँस्काेटा (विवेकशील साझा)-७८ ६, मदनदास श्रेष्ठ (राप्रपा)-...
-
२०७९ जेठ ३, मंगलबार
अहिलेसम्म बालेनकाे ९ हजार र सुनिताकाे ७ हजार बढी मतले अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९४८ मत मात्रै प्राप्त गरेका छन् । बालेनको स्थापितसंग ४ हजार २३८ मतान्तर हो । यसअघिको सार्वजनिक विवरणमा बालेन भन्दा ४,१५६ मतले पछि परेका थिए । त्यसअघि बालेन स्थापित भन्दा ४१०१ मतले पछि थिए ।...


