उपत्यका
-
२०७९ जेठ २, सोमबार
काठमाडौंमा बालेन र सुनिताकाे अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले ८२४८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४३४२ मत पाएका छन् । यस्तै, गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ३७८१ मत पाएकी छन् । उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले ६३४६ मत पाएकी छन् भने उनका...
-
२०७९ जेठ २, सोमबार
कीर्तिपुरकाे मेयरमा कांग्रेसका नकर्मी विजयी
काठमाडौं - कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी बिजयी भएका छन्। एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गरेका हुन्। उनले ९ हजार ४३ मत ल्याए। यस्तै बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्। उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६...
-
२०७९ जेठ २, सोमबार
बालेनले ७५३५ मत ल्याउँदा स्थापितकाे ३९८२ मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह (बालेन) को अग्रता कायमै छ । बालेनले ७५३५ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ३९८२ मत प्रदान गरेका छन् । यस्तै, पाँच दलीय गबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३४८२ मत ल्याएकी छन् । उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनलाई अन्य प्रतिस्पर्धीले टक्कर दिन सकेका छैनन् । डंगोलले...
-
२०७९ जेठ २, सोमबार
काठमाडौं–२ मा एमाले प्यानलसहित विजयी
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ प्यानलसहित विजयी भएका हुन् । कुल ३३०३ मत खसेकोमा १३७९ मत ल्याउँदै एमालेको प्यानल विजयी भएको हो । यसअघि काठमाडाैं १ मा पनि एमालेले जितेकाे थियाे । महानगरकाे मेयरमा बालेन साहसँग एमालेका केशव स्थापित पछि परे पनि उपमेयरमा सुनिता डंगाेल भारी मतान्तरसहित अग्रता लिएकी छन् ।
-
२०७९ जेठ २, सोमबार
बालेनले ६८ सय मत कटाउँदा स्थापतिको ३४ सय मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार मेयरमा बालेनले ६ हजार ८८६ मत पाएका छन् । बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३ हजार ४१३ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३ हजार ९ मत पाएका छन् ।
-
२०७९ जेठ १, आइतबार
सुनिता डंगोल उपमेयरतर्फ रफ्तारमा अघि बढ्दै
काठमाडौं - काठमाडौं महानगरपालिकाको उप–प्रमुख (उप–मेयर) मा सुनिता डंगोलले आफ्नो मतलाई झन् रफ्तारमा अघि बढाएकी छन् । उनले अन्य प्रतिस्पर्धीलाई पुच्छारमा छाड्दै अघि बढेकी छन् । हालसम्म उनले ३१५८ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धीहरु नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेश्वर श्रेष्ठले ९१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि बिनिता मगैयाले ६९२ र विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५...
-
२०७९ जेठ १, आइतबार
काठमाडौंमा फराकिलो मतान्तरसाथ सुनिताको अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । दिउँसो १ बजेसम्मको मत परिणामअनुसार सुनिताले २२३२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् । यहाँ राप्रपाको ५४०, विवेकशील साझाका उम्मेदवारको ९६ मत आएको छ ।
-
२०७९ जेठ १, आइतबार
मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी
भक्तपुर - मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका छन् । वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनुभएको छ । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन् । गत शुक्रबार सम्पन्न...
-
२०७९ जेठ १, आइतबार
काठमाडौंमा बालेनलाई पछ्याउँदै केशव
काठमाडौं - काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । निर्वाचन कार्यालयले बिहान ५: २० बजे सार्वजनिक गरेकाे मतपरिणाम अनुसार साहले १५ सय ८७ मत पाएका छन् । एमालेका केशव स्थापितले ८ सय ८७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २२ मत पाएकी छन् । अहिलेसम्म ४ हजार ४ सय ५३ मतगणना भएकाे छ । अहिले वडा नम्बर १,२,३, ४ र ३२ काे मतगणना भइरहेकाे छ ।
-
२०७९ जेठ १, आइतबार
ललितपुरमा उम्मेदवार नभएको चुनाव चिह्नमा पनि भोट
ललितपुरमा उपमेयर उम्मेदवार नै नभएको कांग्रेसको चुनाव चिह्नमा २ सय ३४ मत परेको छ । गठबन्धनले ललितपुरमा उपमेयर माओवादीका बाबुराजा बज्राचार्यलाई उठाएको थियो । बज्राचार्यले १ सय २४ मत पाएका छन् । ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मत पाउँदै अग्रता कायम राखेका छन् । १२ सय मतगणना हुँदा चिरीबाबुले ६ सय ९ मत पाएका छन् । उनका निकट्तम...
-
२०७९ बैशाख ३१, शनिबार
ललितपुर महानगरपालिकामा काँग्रेसको अग्रता
काठमाडौँ - ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ। काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका हुन् । यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।
-
२०७९ बैशाख ३१, शनिबार
उपमेयरमा एमालेकी सुनिता डंगोलको सुरुवाती अग्रता
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका उमेदवार केशव स्थापितलाई पछि पारेका हुन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिएकी छन्। अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर...


