STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ बैशाख ३१, शनिबार

    काठमाडौँ महानगरपालिकाको मतगणना जारी

    काठमाडौं -काठमाडौँ महानगरपालिकाको मतगणना अहिले जारी रहेकाे छ ।निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा अहिले वडा नम्बर १ र ३२ को मतगणना भइरहेकाे छ । शुक्रबार राति बसेको सर्वदलीय बैठक अनुसार बिहान ९ बजेदेखि मतगणना सुरू भएकाे हाे । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो । काठमाडौं महानगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेससहित राजनीतिक दल र स्वतन्त्र गरी ५५...

  • २०७९ बैशाख ३१, शनिबार

    ललितपुरका ४ पालिकाकाे मतगणना सुरू

    काठमाडौं - ललितपुर जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ । सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिनुभयो । गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो । जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम र महाङ्काल...

  • २०७९ बैशाख ३१, शनिबार

    काठमाडौंकाे मतगणना बिहान ८ बजेदेखि

    काठमाडौं - आजबाट ६ वटै महानगरपालिकाको मतगणना सुरु हुँदै छ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ । मतगणनाका लागि गए  राति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित र स्वतन्त्र उम्मेदवार सुमन साय्‌मि प्रतिस्पर्धामा रहेका छन् । चितवनको भरतपुर महानगरपालिकामा...

  • २०७९ बैशाख ३०, शुक्रबार

    काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिँदै

    काठमाडौं - स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो । जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट...

  • २०७९ बैशाख ३०, शुक्रबार

    वर्षा भएपछि पेप्सीकाेलामा मतदान स्थगित

    काठमाडौं - काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भएकाे छ । पेप्सीकाेलामा वर्षाका कारण मतदान नै स्थगित भएकाे छ । अन्य स्थानमा पनि पानी पर्ने सम्भावना छ । केही बेरमै वर्षा गराउने बादल विकास भइरहेको मौसम तथा पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन् । उनका अनुसार दिउँसो बागमती प्रदेशको चितवनआसपास मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । नवलपरासी आसपास यतिबेला पानी परिरहेको छ । पूर्वी तराईको...

  • २०७९ बैशाख २९, बिहिबार

    मतदान केन्द्र अनुगमन

    स्थानीय तहको निर्वाचन आउन एक दिन बाँकी हुँदा बुधबार जिल्लाका विभिन्न मतदानस्थल तथा मतदान केन्द्र अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा खटिएका पदाधिकारीले जिल्लाका विभिन्न ठाउँका मतदान केन्द्र, मतदानस्थल र मतगणनास्थल अनुगमन गरेका हुन् । मतदानस्थलको तयारी कस्तो भइरहेको छ, मतदानपछि कसरी मतपेटिका लैजाने, मतगणनास्थलको तयारी कस्तो छ, थप गर्नुपर्ने अवस्था भए नभएको बारेमा...

  • २०७९ बैशाख २९, बिहिबार

    कामपामा १५६ केन्द्र र ३६३ मतदानस्थल

    भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।   तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता  छन् । त्यसैगरी वडा नं। १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् ।  वडा नं २३...

  • २०७९ बैशाख २९, बिहिबार

    सुनसान बने काठमाडौँ उपत्यकाका सडक

    शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका  मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् ।   स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता आफ्नो नामावली भएको स्थानमा केन्द्रिकृत भएका छन् । काठमडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट...

  • २०७९ बैशाख २५, आइतबार

    'सरकारले ध्यान नदिँदा काठमाडौंका मौलिक सभ्यताहरु लोप हुने अवस्थामा'

    काठमाडौं - सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पुर्‌याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएकी हुन् । उनले...

  • २०७९ बैशाख २१, बुधबार

    ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

    काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग जिज्ञासा राखेका छन्...

  • २०७९ बैशाख २०, मंगलबार

    दश दिनदेखि उपत्यकाको फोहर सडकमा

    पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ ।     पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको छ । हाल फोहर विसर्जन गरिएको...

  • २०७९ बैशाख १८, आइतबार

    काठमाडौंका ४ वडाका दलित महिला सदस्य निर्विरोध

    काठमाडौँ - आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरमा निर्वाचनअघि नै ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको १८, २२, २३ र २७ वडामा दलित महिला सदस्य पदका लागि १-१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । नर्वाचित हुुनेहरुमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (...

Pages